२०८२, माघ, १०
    {
राजनीति / समाचार

सरकार आदिवासी जनजाति समुदायको अधिकार रक्षाका लागि प्रतिबद्ध छ : मन्त्री पाण्डे

  • पुलेसो
  • २०८१, साउन २५ शुक्रबार
सरकार आदिवासी जनजाति समुदायको अधिकार रक्षाका लागि प्रतिबद्ध छ : मन्त्री पाण्डे

काठमाडौँ - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आदिवासी,जनजातिहरूको हक अधिकार रक्षा लागि सरकार प्रतिबद्ध रहेको बताए।

शुक्रबार ३० औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सरकार आदिवासी,जनजातिका हक अधिकारहरूको सुरक्षा गर्न प्रतिबद्ध रहेको बताएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यताको प्रतिनिधित्व गर्दै मन्त्री पाण्डेले आदिवासीहरूले उठाएको सवालहरू आफ्नो मन्त्रालय र सरकारको पुँजीको रूपमा  रहने उद्घोष गरे।

उनले भने,हामीसँग विविध संस्कृति,भाषा,भेसभुसाहरू रहेका छन्। संस्कृति र प्रकृतिको विविधतालाई हामीले निष्ठा पूर्व अघि बढाउनु पर्छ।उनले तराई ,पहाड र हिमालको छुट्टै विविधता रहेको बताउदै त्यसभित्रको सांस्कृतिक  विविधताले जीवन र दर्शन बोक्ने गरेको बताए। उनले मुलुकले विविधता,सभ्यता र संस्कृतिमा बाँचेको छ भन्ने विश्वमाझ सन्देश दिन सकिने बताउनु भएको छ। उनले नेपाल खुला संग्राहलय र विश्वविद्यालयको रूपमा रहेको समेत बताए । 

 

मन्त्री पाण्डेले नेपालको संविधानमा  समावेशिताको विषय समेटिएकाले  नेपालको विविधताको संरक्षणमा गरिएको दाबी गरे। मन्त्री पाण्डेले थप्दै भने,हामीले सही बाटो पहिल्याएका छौँ।संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अनुरूप राष्ट्रिय सभा र प्रतिनिधि सभाका साथै स्थानीय तहमा थप प्रतिनिधित्व कसरी थप्न सकिन्छ भन्नेमा छलफल गर्दै विकल्प सहितको निष्कर्षमा पुग्नेमा विश्वास दिलाउन चाहन्छु।

प्रतिक्रिया

छुटाउनुभयो कि?

शुरु भयो शहीद सप्ताह

काठमाडौँ– निरंकुश राणाशासनको  विरोधमा संघर्ष गर्ने क्रममा ज्यान गुमाएका चार शहीदको सम्झना गर्दै शहीद सप्ताह शुरु भएको छ।
तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शुक्राज शास्त्रीलाई...

शुरु भयो शहीद सप्ताह

रुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग...

 रुकुमपूर्व । ​रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका हुन् ।
सडक अवरुद्ध...

रुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध

कांग्रेसले गगनलाई बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार,...

काठमाडौं । नेपाली कांग्रेसले ५ मापदण्डको आधारमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ।
केन्द्रीय समितिको बैठकपछि ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उपसभापति विश्वप्रकाश...

कांग्रेसले गगनलाई बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार, यस्ता छन् मापदण्ड

कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने...

काठमाडौ  । कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने गौरवको अवस्था आएको बताएका छन् । नेपाली कांग्रेसको सभापति निर्वाचित भएपछि पदभार ग्रहण गर्दै थापाले पार्टीभित्र विभिन्न आरोह अवरोध भए पनि अब...

कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने गौरवको अवस्था आयोः गगन थापा