२८ माघ, २०८१
    {
राजनीति / समाचार

सरकार आदिवासी जनजाति समुदायको अधिकार रक्षाका लागि प्रतिबद्ध छ : मन्त्री पाण्डे

  • पुलेसो
  • २०८१, साउन २५ शुक्रबार
सरकार आदिवासी जनजाति समुदायको अधिकार रक्षाका लागि प्रतिबद्ध छ : मन्त्री पाण्डे

काठमाडौँ - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आदिवासी,जनजातिहरूको हक अधिकार रक्षा लागि सरकार प्रतिबद्ध रहेको बताए।

शुक्रबार ३० औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सरकार आदिवासी,जनजातिका हक अधिकारहरूको सुरक्षा गर्न प्रतिबद्ध रहेको बताएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यताको प्रतिनिधित्व गर्दै मन्त्री पाण्डेले आदिवासीहरूले उठाएको सवालहरू आफ्नो मन्त्रालय र सरकारको पुँजीको रूपमा  रहने उद्घोष गरे।

उनले भने,हामीसँग विविध संस्कृति,भाषा,भेसभुसाहरू रहेका छन्। संस्कृति र प्रकृतिको विविधतालाई हामीले निष्ठा पूर्व अघि बढाउनु पर्छ।उनले तराई ,पहाड र हिमालको छुट्टै विविधता रहेको बताउदै त्यसभित्रको सांस्कृतिक  विविधताले जीवन र दर्शन बोक्ने गरेको बताए। उनले मुलुकले विविधता,सभ्यता र संस्कृतिमा बाँचेको छ भन्ने विश्वमाझ सन्देश दिन सकिने बताउनु भएको छ। उनले नेपाल खुला संग्राहलय र विश्वविद्यालयको रूपमा रहेको समेत बताए । 

 

मन्त्री पाण्डेले नेपालको संविधानमा  समावेशिताको विषय समेटिएकाले  नेपालको विविधताको संरक्षणमा गरिएको दाबी गरे। मन्त्री पाण्डेले थप्दै भने,हामीले सही बाटो पहिल्याएका छौँ।संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अनुरूप राष्ट्रिय सभा र प्रतिनिधि सभाका साथै स्थानीय तहमा थप प्रतिनिधित्व कसरी थप्न सकिन्छ भन्नेमा छलफल गर्दै विकल्प सहितको निष्कर्षमा पुग्नेमा विश्वास दिलाउन चाहन्छु।

प्रतिक्रिया

छुटाउनुभयो कि?

कर्मचारी सङ्गठनले सुशासनको पैरवी गर्नुपर्छ :...

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्मचारीहरूले सुशासन कायम गर्नमा विशेष ध्यान दिनुपर्ने बताए ।

नेपाल निजामती कर्मचारी सङ्गठन, उद्योग, वाणिज्य तथा आपूर्ति विभागीय समितिको १२औँ अधिवेशन...

कर्मचारी सङ्गठनले सुशासनको पैरवी गर्नुपर्छ : मन्त्री भण्डारी

चिसापानी–गड्डा चौकी सडकखण्ड छ लेनको बन्छ...

लम्की - परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरू हुने बताइन्। 

कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज...

चिसापानी–गड्डा चौकी सडकखण्ड छ लेनको बन्छ : परराष्ट्रमन्त्री

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

म्याग्दी - म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ ।...

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः...

चितवन - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताए । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार...

आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा