भद्रपुर (झापा) - बङ्गलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकडभिट्टामा रोकिएका छन् ।
बङ्गलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल बङ्गलादेश व्यापारमा समेत परेको हो ।गत असारको अन्तिमबाट ठप्प भएको बङ्गलादेशसँगको व्यापार केही दिनदेखि सामान्य अवस्थामा फर्किन थालेको थियो । फेरी आजदेखि तीन दिनका लागि बन्द भएको छ ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल, भारत, भुटानको त्रिदेशीय नाका फूलबारी–बङ्लाबन्धमा केही कन्टेनर रोकिएका छन् ।
त्यस्तै बङ्गलादेशबाट नेपालका लागि लोड भएका कन्टेनर पनि बङ्गलादेशतर्फ नै रोकिएका छन् । उनले भने,“बङ्गलादेशमा फेरी आन्दोलनले उग्र रूप लिएकाले आयात निर्यातमा प्रभाव परेको छ, स्थिति कहिलेसम्म सामान्य हुने हो भन्न सकिने अवस्था छैन”, ।
पारवहन कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८१/०८२ मा ११ दिनमा रु एक करोड ३५ लाख ८९ हजार पाँच सय ६३ मूल्य बराबरको सामग्री निर्यात र रु २० करोड ६५ लाख ६२ हजार ७३ को आयात भएको छ । मेची भन्सार कार्यालय काकरभिट्टाको तथ्याङ्क अनुसार दाल, जडीबुटी, मोलासिस, खाद्य पदार्थ, पशु आहाराको कच्चा पदार्थ, खयर कत्था, रङ्गरोगनका पदार्थ बङ्गलादेश निर्यात हुन्छ ।
यसैगरी जुट, भटमासको पिना, एलोपेथिक औषधि, लिड एसिड ब्याट्री, कपडा, फलफूलको जुस, ग्लास सिट, बिस्कुट तथा चकलेटलगायतका सामग्री आयात हुने गरेका छन् ।आन्दोलन चर्किँदै गएपछि बङ्गलादेशको विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्किसकेका छन् ।
काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्मचारीहरूले सुशासन कायम गर्नमा विशेष ध्यान दिनुपर्ने बताए ।
नेपाल निजामती कर्मचारी सङ्गठन, उद्योग, वाणिज्य तथा आपूर्ति विभागीय समितिको १२औँ अधिवेशन...
लम्की - परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरू हुने बताइन्।
कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज...
म्याग्दी - म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ ।...
चितवन - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताए । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार...
प्रतिक्रिया