२३ भदौ, २०८१
    {
सुरक्षा/अपराध / सुदूरपश्चिम प्रदेश

गृहमन्त्री लेखकको पहलपछि गड्डाचौकीमा पर्यटक आवागमन सहज

  • पुलेसो
  • २०८१, साउन २१ सोमबार
गृहमन्त्री लेखकको पहलपछि गड्डाचौकीमा पर्यटक आवागमन सहज

काठमाडौँ - गृहमन्त्री रमेश लेखकको पहलपछि कञ्चनपुरको गड्डाचौकी नाकामा तेस्रो मुलुकका पर्यटकलाई आवागमनमा सहज भएको छ ।

गृहमन्त्री लेखकले पदभार ग्रहण गरेपछि यही साउन पहिलो साता मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तवले शिष्टाचार भेट गरेका थिए । कोरोना महामारीको कहरपछि भारतसँग जोडिएका नाकाबाट भारत प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउने विषयमा गृहमन्त्री लेखक र राजदूत श्रीवास्तवबीच छलफल भएको थियो ।

मन्त्री लेखक र राजदूत श्रीवास्तव बीच भएको सो छलफल पछि यही साउन १५ गतेदेखि भारतीय पक्षले उक्त अवरोध हटाएर तेस्रो मुलुकका पर्यटकलाई भारत प्रवेशमा सहज गरेको गड्डाचौकीस्थित अध्यागमन कार्यालयका प्रमुख पदमराज भट्टले जानकारी दिए ।

उनले भने, “साउन १५ गतेयता हालसम्म सात विदेशी पर्यटक यो नाका भएर भारत प्रस्थान गरेका छन्,” । कोरोना महामारीका बेला सन् २०२१ डिसेम्बर १० तारिखदेखि भारतले नेपालको गड्डाचौकी नाका भएर विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको थियो । विदेशी पर्यटकलाई गड्डाचौकी नाका हुँदै निर्वाधरुपमा भारत जान दिन तीन वर्षदेखि कञ्चनपुरका सरोकारवाल निकाय र नीजि क्षेत्रले पटक–पटक सरकारसँग माग गर्दैआएका थिए ।

 

“पर्यटकलाई भारत जान अब सहज गरिएको छ,” प्रमुख भट्टले भने । उनका अनुसार गड्डाचौकी नाका हुँदै वार्षिक झण्डै तीन हजारको हाराहारीमा विदेशी पर्यटक आवत जावत गर्न गर्छन् । कोरोना महामारीपछि भारतीय पक्षले बाह्य पर्यटकलाई आफ्नो देशमा आवतजावत गर्न नदिँदा पर्यटकले विभिन्न समस्या भोग्दै आएका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

सरकार आदिवासी जनजाति समुदायको अधिकार रक्षाका...

काठमाडौँ - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आदिवासी,जनजातिहरूको हक अधिकार रक्षा लागि सरकार प्रतिबद्ध रहेको बताए।

शुक्रबार ३० औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित...

सरकार आदिवासी जनजाति समुदायको अधिकार रक्षाका लागि प्रतिबद्ध छ : मन्त्री पाण्डे

काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री...

काठमाडौँ  - प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा)महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन् । 

उक्त प्रतियोगिता अन्तर्गत...

काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री जाने

सीप सिकेर उद्यममा जोडिँदै टेम्केमैयुङका महिला

भोजपुर - टेम्केमैयुङ गाउँपालिकाका महिला उद्यमशीलतामा जोडिन थालेका छन् । गृहिणी भएर घरमा समय बिताउँदै आएका महिलाहरू सीपमूलक तालिम पाएसँगै उद्यममा जोडिन थालेका हुन् ।

गाउँपालिकाले...

सीप सिकेर उद्यममा जोडिँदै टेम्केमैयुङका महिला

आर्थिक विकाससँगै जनभावना र समाजका मुद्दामा...

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशमा अस्थिरता सिर्जना हुन नदिन आर्थिक विकास सँगसँगै सामाजिक विकासको मोडलमा पनि ध्यान दिनुपर्ने बताए । 

पूर्वाधार विकास र...

आर्थिक विकाससँगै जनभावना र समाजका मुद्दामा ध्यान पुर्‍याउनुपर्छ : महासचिव पोखरेल