२०८२, जेठ, ७
    {
अन्तराष्ट्रिय / समाचार / फिल्मि मनोरञ्जन

अल्का याग्निकलाई दुर्लभ न्युरो रोग, गुम्यो सुन्ने क्षमता

  • पुलेसो
  • २०८१, असार ५ बुधबार
अल्का याग्निकलाई दुर्लभ न्युरो रोग, गुम्यो सुन्ने क्षमता

नयाँ दिल्ली - भारतकी पाश्र्व गायिका अलका याग्निकलाई न्युरो रोग लागेको छ । यो रोगका कारण उनको सुन्ने क्षमता गुमेको छ ।गायिकाले सामाजिक सञ्जाल एउटा पोस्ट गरेर आफूलाई लागेको रोगबारे बताएकी हुन् । पोष्टमा गायिकाले लामो समयदेखि आफू निष्क्रिय रहनुको कारण पनि खुलाएकी छिन् ।

पोष्टमा उनले आफ्ना फ्यान तथा अन्य कलाकारहरूलाई चर्को स्वर बज्ने गीत संगीतबाट टाढा रहन सुझाव दिएकी छिन् । आफू किन गायब भएको भनेर सोधिरहने फ्यान, साथी, फलोअर्स र शुभचिन्तकहरूका लागि भन्दै उनले सो पोष्ट गरेकी हुन् । केही हप्ता अघि हवाई यात्रा गरेर विमानबाट ओर्लिर्ने क्रममा आफूले केही सुन्न नसकेको गायिकाले महसुस गरिन् । डाक्टरलाई देखाउँदा भाइरल आक्रमणका कारण गायिकालाई दुर्लभ सेन्सरी नर्भ हियरिङको समस्या भएको देखियो ।

पोष्टको अन्त्यमा गायिकाले मानिसहरूलाई चर्को आवाज नसुन्न र हेडफोन कम प्रयोग गर्न सल्लाह दिएकी छिन् । कुनै दिन व्यावसायिक जीवनले स्वास्थ्यमा पारेको हानिबारे कुरा गर्ने पनि उनले बताएकी छिन् ।सबैको माया र सपोर्टले पुनः आफ्नो जीवनलाई ट्र्याकमा फर्काउने आशा गरेको पनि पोष्टमा अल्काले भनेकी छिन् । गायिकाको यो पोष्टमा सोनु निगम, इला अरुण लगायत चर्चित गायक/गायिकाहरूले कमेन्ट गरेका छन् ।

 

५८ वर्षीया अल्का याग्निक बलिउडकी चर्चित पाश्र्व गायिका हुन् । अल्का ४४ वर्षदेखि पाश्र्व गायनमा सक्रिय छिन् । यस अवधिमा उनले २५ भन्दा बढी भाषामा २१ हजारभन्दा बढी गीत रेकर्ड गराएकी छिन् । उनले २ वटा राष्ट्रिय अवार्ड र ७ फिल्मफेयर अवार्ड पाएकी छिन् ।

सन् २०२२ मा गिनिज बुक अफ वर्ल्ड रेकर्ड ले उनलाई विश्वभर सबैभन्दा धेरै स्ट्रिम गरिएको कलाकारको रूपमा मान्यता दिएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

‘ए कान्छा’मा युबिन र मञ्जुको रोमान्स

काठमाडौंँ । गीतकार लोकराज अधिकारीको शब्द तथा गोविन्द मधुर आचार्यको संगीत रहेको गीत ‘ए कान्छा’ सार्वजनिक गरिएको छ ।

ज्याक्लिन पेरालेज–फ्लेमिङको स्वर रहेको गीतको संगीत संयोजन...

‘ए कान्छा’मा युबिन र मञ्जुको रोमान्स

ओझेलमा अनौठो कुवा

तानसेन (पाल्पा) - यहाँको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित अनौठो जोगीपानी कुवा ओझेलमा परेको छ ।

बोल्न नसक्ने बच्चालाई यस कुवाको पानी खुवाएमा बोल्न सक्छन् भन्ने जनविश्वास रहिआएको उक्त...

ओझेलमा अनौठो कुवा

भाषा संरक्षणमा जुट्दै हायु समुदाय

धुलिखेल - आदिवासी जनजाति समुदायअन्तर्गत लोपोन्मुख हायु जातिका समुदाय आफ्नो भाषा संरक्षणमा जुटेका छन् ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० बाल्टिङमा रहेको सो समुदायलाई भाषा, संंंस्कार र संस्कृति...

भाषा संरक्षणमा जुट्दै हायु समुदाय

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय...

म्याग्दी - विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका...

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द