२८ माघ, २०८१
    {
समाज / सुदूरपश्चिम प्रदेश / समाचार

डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने

  • पुलेसो
  • २०८१, जेठ ६ आइतबार
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने

काठमाडौँ -। डडेल्धुराको प्रसिद्ध धार्मिकस्थल परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव २०८१’ आयोजना गरिने भएको छ । 

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा परशुराम नगरपालिका प्रमुख भरत बडायर जोशीले यही जेठ १० गतेदेखि दुईदिने साहित्य महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।उनले साहित्य, सङ्गीत, संस्कृति, भाषा र सभ्यताको संरक्षणका साथै हिन्दूहरूको पवित्र धार्मिकस्थल परशुरामधामको प्रचारप्रसारका लागि साहित्य महोत्सव आयोजना गर्न लागिएको बताए ।

“स्कन्द पुराण र लोकोक्तिका आधारमा परशुराम नगरपालिकासँग गौरवपूर्ण इतिहास छ । सीमापारि रहेको भारतको पूर्णागिरि धार्मिक पर्यटनका हिसाबले निकै प्रचारमा छ । त्यहाँ बर्सेनि ५० लाखभन्दा बढी धार्मिक पर्यटकले भ्रमण गर्ने गरेको सुन्नमा आउँछ तर त्योभन्दा बढी धार्मिक महत्वको परशुरामधाम प्रचार प्रसारको अभावमा ओझेलमा छ”।

नगरप्रमुख जोशीले भने, “त्यसैकारण नगरपालिका भौतिक विकासका साथै यहाँको सांस्कृतिक मूल्य, सामाजिक सद्भाव र ऐतिहासिक धरोहरहरूको संरक्षण र साहित्य महोत्सवका माध्यमबाट यस क्षेत्रको प्रचारप्रसार गरी धार्मिक पर्यटनको विकास गर्न चाहन्छ ।”

महोत्सव अवधिमा वारिको परशुरामधाम र पारिको पूर्णागिरि, उद्यम र उद्यमशीलता, सुदूरमा शिक्षा र स्वास्थ्यका सकस, काव्यमा अन्तरपुस्ता संवाद, गाउँमै सिंहदरबारः कति नारा कति यथार्थ, आख्यानको वरिपरि र पहाडी रानी डडेल्धुराः सम्भावनाको खानी परशुराम गरी सातवटा सत्रमा विमर्श हुने आयोजकले जनाएको छ ।

ती सत्रमा राष्ट्रिय, प्रदेश र स्थानीय तहका कवि, साहित्यकार, सञ्चारकर्मी र संस्कृतिका विशिष्ट अध्येताहरूसहित भारतबाट धार्मिक व्यक्तिहरू विमर्शमा सहभागी हुनेछन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व...

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भण्डारीले...

जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी

विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्छ...

काठमाडौँ - नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्ने बताएका छन् । 
   
प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद केसीले आइतबार दक्षिणकाली नगरपालिका–३...

विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्छ : सांसद केसी

कर्मचारी सङ्गठनले सुशासनको पैरवी गर्नुपर्छ :...

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्मचारीहरूले सुशासन कायम गर्नमा विशेष ध्यान दिनुपर्ने बताए ।

नेपाल निजामती कर्मचारी सङ्गठन, उद्योग, वाणिज्य तथा आपूर्ति विभागीय समितिको १२औँ अधिवेशन...

कर्मचारी सङ्गठनले सुशासनको पैरवी गर्नुपर्छ : मन्त्री भण्डारी

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

म्याग्दी - म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ ।...

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा