२०८२, माघ, १०
    {
विजनेस / समाज / समाचार

विपन्नको जीवनस्तर उकास्न बाख्रा वितरण

  • पुलेसो
  • २०८१, जेठ ३ बिहीबार
विपन्नको जीवनस्तर उकास्न बाख्रा वितरण

कमलामाई(सिन्धुली) - कार्यालयको समयमा सधैँजसो सेवाग्राहीको बाक्लै चहलपहल हुने कमलामाई नगरपालिका, सिन्धुलीको कार्यालयमा गत आइतबार बाख्राको भीड लाग्यो । प्रायः सेतो र खैरो रङ्ग मिसिएका बोएर क्रस जातको बाख्रा आकर्षक पनि थिए । 

हेटौँडाको सिमल थली एग्रो फार्मबाट गाडीमा पाँच घण्टा लगाएर ती  बाख्रा ल्याइएको थियो । कानमा पहेँलो रङ्गको मुद्रा (बीमा गरिएको सङ्केत नम्बर) लगाइएका ती बाख्रा गाडीभित्र कराउन थाले । नगर प्रमुख उपेन्द्रकुमार पोखरेल, उपप्रमुख मञ्जु देवकोटा, नगर पशु विकास शाखा प्रमुख रोशन कोइरालालगायतले गाडीमा रहेका ८३ वटा बाख्रा झारेर कार्यालय पछाडि रहेको खुल्ला जमिनमा चराउन थाले । 

सोही ठाउँमा कनपा–११ का वडाध्यक्ष रामबहादुर थिङ्ग र कनपा–१२ का वडाध्यक्ष भीमबहादुर गुर्मछानेले आ–आफ्नो वडामा रहेका विपन्न तथा एकल महिलालाई लिएर आए। नगर प्रमुख पोखरेल र उपप्रमुख देवकोटाले ४० जना लक्षित वर्गलाई चरिरहेका बाख्रा प्रदान गरे । उन्नत जातका बाख्रा पाएपछि किसानहरुले खुशी व्यक्त गरेका छन् ।

कनपा–१२ भ्याकुरेका देवीबहादुर आले मगरले बीमा गरिएको सङ्केत नम्बर ४८४७ र ४८७० को बाख्रा पाए । नगरबाट निःशुल्क बाख्रा पाउँदाको खुसी उनको अनुहारमा छरपष्ट छरिएको थियो । उनले भने, “व्यावसायिक रुपमा बाख्रा पाल्ने रहर थियो, किन्ने क्षमता थिएन । आज सरकारले दुई वटा बाख्रा दिएको छ, अब यसैलाई बढाउँदै धेरै बनाएर पाल्ने हो ।” अब बाख्रा पालनको लागि खोर बनाउन सहयोग गरिदिए सहज हुने उनले बताए । 

विपन्न तथा एकल महिलाको आर्थिक जीवनस्तर माथि उठाउन व्यावसायिक बाख्रा पालनलाई प्रोत्साहन गर्ने नगरको प्राथमिक योजनामा छ । सोही योजनाअनुरूप चालु आर्थिक वर्षमा विपन्न लक्षित बाख्रा अनुदान कार्यक्रम सञ्चालन गरिएको हो । यस कार्यक्रमका लागि चालु आवमा रु.६० लाख बजेट विनियोजन भएको छ । विनियोजित बजेटले दुई सय आठ ओटा बाख्रा खरिद गरेर कनपाका पाँच वडामा वितरण गर्ने कार्य सुरु भएको पशु विकास शाखाका प्रमुख कोइरालाले जानकारी दिउ । 

विद्युतीय प्रणाली बिजक (इलेक्ट्रोनिक विलिङ) मार्फत रु ५९ लाख ८० हजारमा दुई सय आठ ओटा बाख्रा खरिद गरिएको थियो । त्यसमध्ये एक सय २८ ओटा बाख्रा वितरणको प्रक्रियामा छ । किसानलाई व्यावसायिक बाख्रापालनमा प्रोत्साहन गरेर जिल्लालाई मासुमा आत्मनिर्भर बनाउने र विपन्न तथा एकल महिलालाई आर्थिक उपार्जनमा सबल बनाउने कार्यक्रमको उद्देश्य रहेको छ । 

नगर पशु विकास शाखाका अनुसार बोयर जातको बाख्राको पाठा–पाठी छिटो–छिटो बढ्ने र हुर्कने गर्दछन् । यसको तौल दैनिक दुई  तीन सय ग्रामसम्म बढ्दै जान्छ । गाउँघरमा अन्य बाख्रा जस्तै गरी स्थानीय घाँस दाना खुवाएर पाल्न सकिन्छ । बाख्रा वितरणको लागि कमलामाई नगरपालिकाले मापदण्ड बनाएको छ ।

वितरण मापदण्डअनुसार वडा समितिले निर्णय गरेर, गरेको सिफारिसअनुसार उन्नत जातका बाख्रा वितरण भएको छ । वितरण गरिएका बाख्राको बसाई व्यवस्थापनको लागि खोर निर्माण र आहारा तथा पालनपोषणमा पनि सहयोग गर्ने लक्ष्य रहेको कनपा उपप्रमुख तथा नगर कृषि संयोजक मञ्जु देवकोटाले बताईन् । उनले भनिन्, “कृषि तथा पशुपालनको लागि वडा–वडामा प्राविधिक खटाएका छौँ । नगरले आगामी दिनमा आवश्यकताको आधारमा सहयोग गर्नेछ ।”

प्रतिक्रिया

छुटाउनुभयो कि?

शुरु भयो शहीद सप्ताह

काठमाडौँ– निरंकुश राणाशासनको  विरोधमा संघर्ष गर्ने क्रममा ज्यान गुमाएका चार शहीदको सम्झना गर्दै शहीद सप्ताह शुरु भएको छ।
तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शुक्राज शास्त्रीलाई...

शुरु भयो शहीद सप्ताह

रुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग...

 रुकुमपूर्व । ​रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका हुन् ।
सडक अवरुद्ध...

रुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध

कांग्रेसले गगनलाई बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार,...

काठमाडौं । नेपाली कांग्रेसले ५ मापदण्डको आधारमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ।
केन्द्रीय समितिको बैठकपछि ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उपसभापति विश्वप्रकाश...

कांग्रेसले गगनलाई बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार, यस्ता छन् मापदण्ड

कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने...

काठमाडौ  । कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने गौरवको अवस्था आएको बताएका छन् । नेपाली कांग्रेसको सभापति निर्वाचित भएपछि पदभार ग्रहण गर्दै थापाले पार्टीभित्र विभिन्न आरोह अवरोध भए पनि अब...

कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने गौरवको अवस्था आयोः गगन थापा