१० असोज, २०८०
    {

बाढी पहिरोका कारण देशैभर मुख्य राजमार्ग प्रभावित (विवरणसहित)

  • पुलेसो
  • २०८० साउन २३ मंगलबार
बाढी पहिरोका कारण देशैभर मुख्य राजमार्ग प्रभावित (विवरणसहित)

बाढी पहिरोका कारण देशैभर मुख्य राजमार्ग प्रभावित (विवरणसहित)

काठमाडौं । अविरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोका कारण देशैभर मुख्य राजमार्ग प्रभावित बनेका छन् । नेपाल प्रहरीले गरेको पछिल्लो अपडेट अनुसार देशभर दर्जनौं राजमार्ग अवरुद्ध बनेका छन् ।

काठमाडौंको लाइफलाइन मानिने नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलामा गएको पहिरोका कारण यो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । यो सडक खण्ड आज बिहानैबाट बन्द भएको थियो ।

कालिगण्डकी करिडोर अहिले अवरुद्ध भएको छ । यस करिडोरको बागलुङ नगरपालिका १० गलुवामा पहिरोले सडक अवरुद्ध बनाएको छ । सिद्धार्थ राजमार्ग समेत अहिले एकतर्फी मात्र सञ्चालनमा छ । तिनहुँ गाँउपालिका पाल्पाको ड्याम साइडमा गएको पहिरोले यो सडक खण्ड प्रभावित बनेको हो । भिमदत्त राजमार्ग अहिले अवरुद्ध छ ।

कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोला र चुरे गाउँपालिकाको गोपालेमा गएको पहिरोले यो सडक अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । प्यूठानको भालुवाङ सडक खण्ड भने अवरुद्ध भएको छ । यसको माण्डवी गाउँपालिका १ को गर्जेनी भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको हो ।

पूर्वी नेपालतर्फ पाँचथरको तमोर कडिडोर अवरुद्ध बनेको छ । यस जिल्लाको फिदिम ४ मा पहिरो गएको हो । काभ्रेको वीपी राजमार्गमा समेत सडक अवरुद्ध भएको छ । काभ्रेको रोशी गाउँपालिका कालढुंगामा सडक अवरुद्ध बनेको छ । वीपी राजमार्गको सिन्धुली जिल्लाको कमेरेफाँटमा समेत सडक अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।

मकवानपुरको कान्ती लोकपथ समेत अवरुद्ध भएको छ । यस जिल्लाको बकैयास्थित लामराङमा पहिरोले बाटो अवरुद्ध बनेको हो । नुवाकोटको पासाङल्हामु राजमार्ग समेत अवरुद्ध भएको छ । यस जिल्लाको कककी निगालेमा गएको पहिरोले सडक अवरुद्ध बनाएको नेपाल प्रहरीले जनाएको छ ।

म्याग्दीको बेनी–जोमसोम सडक खण्ड समेत अवरुद्ध भएको छ । यस जिल्लाको रघुगंगास्थित बैसरीमा सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ । डडेलधुराको बतुडर–जोगबुढा भित्रि सडक खण्ड समेत आज अवरुद्ध भएको छ । यस जिल्लाको आलितालस्थित सुनखोलामा सडक अवरुद्ध भएको हो ।

प्रतिक्रिया

Pageutter
HARBOUR
Pageutter
Pageutter
Pageutter
Pageutter

छुटाउनुभयो कि?

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क...

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी...

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

मन्त्रीले पनि राखे ‘ग्रेटर नेपाल’ को...

काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् ।

बिहीबार मन्त्री दुलालको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा...

मन्त्रीले पनि राखे ‘ग्रेटर नेपाल’ को नक्सा, बागमतीका मन्त्री दुलालको कार्यकक्षको नक्सा फेरियो

नेपालले गुमायो सातौं विकेट, दीपेन्द्र १४...

नेपालले गुमायो सातौं विकेट, दीपेन्द्र १४ रनमै आउट

नेपालले गुमायो सातौं विकेट, दीपेन्द्र १४ रनमै आउट