१० असोज, २०८०
    {
समाज / शिक्षा/स्वास्थ्य / समाचार

तीन महिनामा १४ हिमाल चढेर हरिला र शेर्पाद्वारा नयाँ रेकर्ड

  • पुलेसो
  • २०८० साउन ११ बिहीबार
तीन महिनामा १४ हिमाल चढेर हरिला र शेर्पाद्वारा नयाँ रेकर्ड

काठमाडौँ  - नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका छन् । 

पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक (८,६११ मिटर)को हरिला र शेर्पाले आज बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको छ । उक्त हिमालको सफल आरोहणसँगै क्रिष्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू तीन महिनामा सफल आरोहण गरेको कम्पनीको भनाइ छ ।

उनीहरूले तीन महिनामा १४ वटै हिमाल आरोहण गरेको कम्पनीका प्रबन्ध निर्देशक मिङमा शेर्पाले जानकारी दिए । यसअघि आरोही निर्मल पूर्जाले सन् २०१९ मा छ महिना छ दिनमा पूरा गरेका थिए ।

हरिला र शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ बाट हिमाल चार महिनाभित्रै आरोहण गर्ने लक्ष्य राखेका थिए । हरिला यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा सफल आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने पहिलो महिला आरोही बनेकी थिईन् । 

  

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम-२, गाशरब्रम-१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका  छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क...

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी...

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

मन्त्रीले पनि राखे ‘ग्रेटर नेपाल’ को...

काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् ।

बिहीबार मन्त्री दुलालको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा...

मन्त्रीले पनि राखे ‘ग्रेटर नेपाल’ को नक्सा, बागमतीका मन्त्री दुलालको कार्यकक्षको नक्सा फेरियो

नेपालले गुमायो सातौं विकेट, दीपेन्द्र १४...

नेपालले गुमायो सातौं विकेट, दीपेन्द्र १४ रनमै आउट

नेपालले गुमायो सातौं विकेट, दीपेन्द्र १४ रनमै आउट