१० असोज, २०८०
    {
राजनीति / बागमती प्रदेश / समाचार

एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता

  • पुलेसो
  • २०८० साउन ०९ मंगलबार
एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता

काठमाडौँ - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का पोलिटब्युरो सदस्य युयान च्याचुनले आज शिष्टाचार भेटवार्ता गरे । 

नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । भेटमा चिनियाँ नेता युयानले चीन सरकारका तर्फबाट नेपाल र नेपाली जनताप्रति अगाध विश्वास जनाउँदै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र घनिष्ठ बनाउने उद्देश्यका साथ आफ्नो भ्रमण भएको बताए । 

उनले नेपालको विकासमा सहयोग गर्न चीन इच्छुक रहेको बताउँदै राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका समयमा भएका सहमति र समझदारी अगाडि बढाउने कुरामा जोड दिए । 

सो अवसरमा अध्यक्ष ओलीले चिनियाँ सरकार र जनताको नेपालप्रतिको विश्वासका लागि आफू र आफ्नो पार्टीका तर्फबाट धन्यवाद व्यक्त गरे । अध्यक्ष ओलीले नेपालको विकासमा चीनको सहयोग महत्वपूर्ण रहँदै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । 

 

उनले कोभिड–१९ को विश्व महामारीका कारण बन्द भएका दुई देशबीचका सबै व्यापारिक नाका खोल्नेतर्फ पहलका लागि आग्रह गरे। भेटमा चिनियाँ प्रतिनिधिमण्डलमा नेपालका लागि चिनियाँ राजदूत छङ सोङलगायत थिए । 

अध्यक्ष ओलीका साथमा उपमहासचिव विष्णु रिमाल, कार्यालय सचिव भीष्म अधिकारी, विदेश मामिला विभाग सचिव अन्जान शाक्य, सदस्य गोपाल खनाल लगायत थिए । चिनियाँ प्रतिनिधिमण्डल आजै स्वदेश फर्केको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क...

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी...

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

मन्त्रीले पनि राखे ‘ग्रेटर नेपाल’ को...

काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् ।

बिहीबार मन्त्री दुलालको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा...

मन्त्रीले पनि राखे ‘ग्रेटर नेपाल’ को नक्सा, बागमतीका मन्त्री दुलालको कार्यकक्षको नक्सा फेरियो

नेपालले गुमायो सातौं विकेट, दीपेन्द्र १४...

नेपालले गुमायो सातौं विकेट, दीपेन्द्र १४ रनमै आउट

नेपालले गुमायो सातौं विकेट, दीपेन्द्र १४ रनमै आउट