३० असार, २०८१
    {
समाज / गण्डकी प्रदेश / समाचार

विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगार

  • पुलेसो
  • २०८०, असार ३१ आइतबार
विदेशमा सिकेको सीपले स्वदेशमा स्वरोजगार

गण्डकी - जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बनेका छन् । 

पोखरा महानगरपालिका - १५ वन क्याम्पस लेन नं. ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अष्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरुलाई पनि रोजगारी दिएका छन् । भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै उनी जागिरको सिलसिलामा अष्ट्रेलिया पुगे । उनले त्यहाँ रहँदा मूर्तिकारको सहयोगीका रुपमा काम गरे ।

“अष्ट्रेलियामा मूर्तीकारले होटल तथा घरमा सौन्दर्यकरणका लागि पानीका झरना सहितका चरनमा रहेका जंगली जनावर र मागअनुसार मूर्ती बनाउथे”, उनले भने, “सहयोगी भएर ६ महिना काम गरेपछि यस्तो काम त म नेपालमा गएर पनि गर्न सक्दछु भन्ने दृढ इच्छा शक्तिका साथ स्वदेश फर्किए ।”

उनी अष्ट्रेलियामा काम गर्दा मासिक रु दुई लाख आम्दानी गर्थे । पछि त्यहाँ सिकेको सीपले पोखरामै व्यवसाय गर्न सकिन्छ भन्ने लागेर उनी स्वदेशी फर्किए । छ वर्ष अघि स्वदेश फर्किएका उनले हामी मासिक रु ७० हजारभन्दा बढी आम्दानी गरिरहेका छन् भने तीन जनालाई जागिर पनि दिएको छ । 

होटल, घर, विद्यालय लगायतका लागि काम गर्ने भन्दै उनले भने, “पानीको झरना, आसपासमा बच्चा सहितको मृग र ग्राहकको इच्छा अनुसारको देवदेवताको मूर्ती निर्माण गर्दा सामग्री बाहेक रु १२ हजार ज्याला लिन्छु ।” आर्टसमा समेत रुचि राख्ने उनले घरको सिलिङ र विद्यालय सौन्दर्यकरणमा समेत काम गर्ने बताए ।

उनीसँग हाल ढाकाराम अधिकारीका साथै बर्दियाका समित थारु र विजय थारुले काम गरिरहेका छन् । उनीहरुले मासिक रु १७ हजारका दरले पारिश्रमिक पाउछन् । “मेरोमा काम नभएको समयमा उनीहरु अन्यत्र काम गर्न जान्छन्”, उनले भने । 

 

पोखरा महानगरपालिका वडा नं. १७ सिताको पाइलास्थित ऐतिहासिक धार्मिक क्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा १०८ शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गर्दै गरेका मूर्तिकार बोहोरा स्वदेशमा केही गर्छ भन्ने सोच राख्ने हो भने विदेश जानु नपर्ने बताए । 

“एक जोडि शिबलिङ्ग र गौमुखे धारा निर्माण गरेको रु छ हजार पाँच सयका दरले रु सात लाख दुई हजार लिने गरी मन्दिर व्यवस्थापन समितिसँग सम्झौता भएको छ”, उनले भने । शिवलिङ्ग र पानी झर्ने झरनासहितको गौमुखे धाराले प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथको झझल्को दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी...

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताए।

बिहीबार टी–२० विश्वकपमा सहभागी...

फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार गर्छौँ : कप्तान पौडेल

रोजगारसम्बन्धी कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको छ...

काठमाडौँ - अर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको बजेटमा आन्तरिक उत्पादन तथा रोजगारसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिइएको बताए।

राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेटमाथिको सामान्य...

रोजगारसम्बन्धी कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको छ : अर्थमन्त्री पुन

विकास पर्खेको विकट बस्ती मलास

डडेल्धुरा - डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने मलास कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट १६ किलोमिटरको दुरीमा अवस्थित छ ।

उक्त बस्तीमा छ सय बढी मतदाता छन् । कञ्चनपुरको सीमाक्षेत्रमा...

विकास पर्खेको विकट बस्ती मलास

थानकोट–चन्द्रागिरि–चित्लाङ सडक असार २० सम्म बन्द

हेटौँडा - थानकोट–चन्द्रागिरि–चित्लाङ सडक (गणेशमान सिंह मार्ग) निर्माण एवं मर्मतसम्भारका क्रममा शुक्रबारबाट बन्द हुने भएको छ ।

थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको थानकोट–चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने,...

थानकोट–चन्द्रागिरि–चित्लाङ सडक असार २० सम्म बन्द