१९ वैशाख, २०८१
    {
लुम्बिनी प्रदेश / कृषि / समाचार

‘आफ्नै बारीको तरकारीले आत्मनिर्भर बनायो ’

  • पुलेसो
  • २०८० असार ३१ आइतबार
‘आफ्नै बारीको तरकारीले आत्मनिर्भर बनायो ’

बाँके - बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै व्यस्त छ।

साँझ परेपछि बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई बोरामा बाँधेर नेपालगन्जको बजारसम्म ल्याउनमै उनको दिन बित्ने गर्दछ। शान्ति तरकारी बोकेर बिहानै नेपालगन्ज आइपुग्छिन्।‍लगेजति तरकारी सबै बेचेर उनी घर फर्कन्छिन्। ‘‍आफ्नै बारीमा फलेको तरकारी ल्याउँछु त्यसैले यति उति हिसाब गर्दिन ल्याएको जति सबै बेचेर फर्किन्छु,’ उनले भनिन्।

शान्तिले नेपालगन्जको सडक छेउमा बसेर विगत पाँच वर्षदेखि हिउँदे, बर्खे र बाह्रैमासे तरकारी बेच्दै आएकी छन्।प्रत्येक बिहान सडक छेउमा तरकारी बेजेर शान्तिले दैनिक चारदेखि पाँच हजारसम्म कमाउने गरेको बताउँछिन्।उनले यसपटक बर्खे तरकारी बेचेर एक लाख ९५ हजार कमाई गरेको बताइन्।‘दैनिक आम्दानी थोरै भनेको तीन हजार हुन्छ, नत्र त प्रायः चारदेखि पाँच हजारसम्मको भइरहन्छ। हामी बूढाबूढीले अस्ति भर्खरै हिसाब गरेको बर्खे तरकारी बेचेर एक लाख ९५ हजारको कमाई भएको रहेछ,’ उनले भनिन्।

तरकारीबाट कमाएको पैसाले छोरीको पढाइ खर्च र घर खर्च दुवै चलेको उनले बताइन्। शान्तिको चार छोरीसहित छ जनाको परिवार छन्।शान्तिले जस्तै शोभारानी थारूले पनि आफ्नै बारीमा फलेको तरकारी बेचेर विगत चार वर्षदेखि घर चलाउँद आएकी छन्।५५ वर्षीया शोभारानीले तरकारी बेचेर दैनिक २ देखि पाँच हजारसम्म आम्दानी गर्छिन्। उनी बर्खामा भन्दा हिउँदमा बढी कमाउँछिन्।

‘हिजोआजको समयमा फलेको तरकारीबाट भन्दा हिउँदे बालीबाट उत्पादन भएका चना, केराउ, मसुरोको दानासँगै जाँतोमा पिसेको दाल र अन्य गेडागुडीबाट मैले दिनको र पाँच हजार पाँच सयसम्मको आम्दानी गरेकी छु,’ उनले भनिन्।शोभारानी र शान्ति एउटै गाउँका भएको हुनाले उनीहरू बिहान ७:०० बजे नै गाउँबाट तरकारी बोकेर बेच्नका लागि नेपालगन्जको धम्बौझीमा आइपुग्छन्।

बर्खाको समयमा शोभारानीले कटहर, आलु, प्याज, बर्खे खुर्सानी, भान्टा, कर्मुलाको सागलगायतका हरियो तरकारी बेचिरहेकी छन्। साथीको देखेर आफूले पनि बारीमा फलेको तरकारीलाई नेपालगन्जको बजारसम्म ल्याएर बेच्न सुरु गरेको उनले बताइन्।तरकारी व्यापार गर्न थालेको सुरुवातका दिनहरूमा केही लाज लागेपनि अहिले त्यस्तो नहुने उनले बताइन्।

‘सडकको छेउमा तरकारीका थुप्रो लगाएर बेच्न मलाई पहिला त लाज लागेको थियो। तर अहिले त आफ्नै व्यापार हो भन्ने बुझेको छु। अब त सकुञ्जेल यही नै गर्ने हो,’उनले भनिन्।शोभारानीले आठ कठ्ठा जग्गामा लगाइएको तरकारीलाई बजारसम्म ल्याएर बिक्री गर्छिन्।शान्ति र शोभारानीलाई पछ्याउँदै ३० वर्षीया सुबिनाकुमारी थारूले पनि आफैँले बारीमा फलाएको हरियो तरकारीलाई बजारमा ल्याएर बेच्छिन्।

उनले यसरी तरकारी बेच्न लागेको तीन वर्ष भयो। तरकारी बेच्नुभन्दा पहिला उनीले ज्याला मजदुरी गर्थिन्। आफूले दिनभरि काम गर्दा जम्मा पाँच सय पाउने र तरकारी बेचेर शोभारानी अनि शान्तिले २५ सयदेखि ५५ सयसम्म आम्दानी गरेको थाहा पाएपछि उनले पनि बारीमा फलेका तरकारीलाई बजारमा ल्याउन थालेकी हुन्।

‘अर्काको काम गर्दा बिहानदेखि बेलुकासम्म नै खटिनुपर्थ्यो। सानै भए पनि यो त आफ्नै व्यापार हो। बिहानभरि तरकारी बेचेर दिउँसो घरको काम गर्न पनि पाइन्छ,’ उनले भनिन्।तरकारी बेचेरै सुबिनाले दैनिक ३ हजार ५ सयसम्म कमाएकी छन्। राम्रो कमाई भएपछि ‍तरकारी खेती र व्यापारमा सन्तुष्ट छिन्।

‘पहिला घरमै मात्र खानका लागि तरकारी लगाइन्थ्यो। अहिले तरकारीबाट सोचेको भन्दा राम्रो आम्दानी हुन थालेपछि गोडमेलका लागि दुईदेखि तीन जनासम्म मान्छे लाग्छ,’ उनले भनिन्।तरकारी खेतीमा श्रीमान र छोराछोरीले पनि सहयोग गर्छन्। उनका एक छोरा र एक छोरी छन्। जनाको परिवारलाई सुबिनाकै तरकारीले पालेको छ।‘अहिले म निकै खुसी छु। अर्कैकामा काम गर्छु भन्नुभन्दा आफ्नै व्यापार गर्छु भन्नुमा छुट्टै मज्जा छ,’ उनले भने, ‘सडककै छेउमा बोरो ओछ्याएर तरकारी बेच्दा पनि यसले हामीलाई आत्मनिर्भर बन्न सिकाएको छ।’

 

नेपालगन्जको धम्बोझी चोक नजिकै प्रत्येक बिहान सडकको छेउमा अर्ग्यानिक तरकारी किन्ने ग्राहकको भीड देखिन्छ।प्रायः मर्निङ वाक गर्नेले तरकारी किनेर लैजान्छन्। बिहान सडक सुनसान हुने र १०ः०० बजेपछि सरकारी कामसँगै चहलपहल पनि बढ्ने भएकाले ५, ६ बजेदेखि १०ः०० बजेसम्म तरकारी बेच्ने वातावरण मिलाइदिएको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सूर्य बोगटीले बताए।

विगत केही वर्षदेखि नेपालगन्जका सडक छेउमा गाउँघरका अर्ग्यानिक मौसमी तरकारीले बजार लिन थालेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एसइई नतिजा प्रकाशन अन्तिम तयारीमा

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ ।

नतिजा प्रकाशनका लागि...

एसइई नतिजा प्रकाशन अन्तिम तयारीमा

उपत्यकामा पाँच स्थानमा ट्राफिक पोष्ट थपिए

काठमाडौँ - काठमाडौँ उपत्यकाका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएका छन् ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि काठमाडौँ, भक्तपुर र ललितपुरका पाँच...

उपत्यकामा पाँच स्थानमा ट्राफिक पोष्ट थपिए