१० असोज, २०८०
    {
खेलकुद / बागमती प्रदेश / समाचार

तेस्रो कोरा भक्तपुर साइक्लिङ च्यालेन्जमा विदेशीसहित ६०० को सहभागिता हुने

  • पुलेसो
  • २०८० असार २९ शुक्रबार
तेस्रो कोरा भक्तपुर साइक्लिङ च्यालेन्जमा विदेशीसहित ६०० को सहभागिता हुने

भक्तपुर - भक्तपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने मुख्य लक्ष्यका साथ तेस्रो कोरा भक्तपुर साइक्लिङ च्यालेन्ज आयोजना गरिने भएको छ ।

आज भक्तपुरको रफत सञ्चार क्लबमा साइकल कनेक्ट संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै कार्यक्रमका संयोजक सुमित बालाले शनिबार बिहान ६ बजे भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दरबार स्क्वायरबाट साइकल यात्रा सुरु हुने बताए ।

विगत तीन वर्षदेखि सफलतापूर्वक निरन्तर  सञ्चालन हुँदै आएको कोरा भक्तपुर साइक्लिङ च्यालेन्जमा यस वर्ष छ सय साइकल यात्रीको सहभागिता रहने उनले जानकारी गराए ।संयोजक बालाले भने, “भक्तपुरका साइकलप्रेमीहरूको टोलीसहित यस संस्थाको आयोजनामा साइक्लिङ च्यालेन्ज आयोजना गर्ने भएका हौँ, भक्तपुरलाई साइक्लिङ गन्तव्य बनाउन र टर्की र सिरियाको भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरेका हौँ, यसले अधिकांश भक्तपुरका पर्यटकीय क्षेत्रको साइकलबाटै यात्रा गराउनेर्छौं, यात्राका क्रममा दुई हजार एक सय मिटर उचाइसम्म यात्रा गरिनेछ ।”

साइकल यात्रा बिहान ६ बजे भक्तपुरको दरबार स्क्वायरबाट सुरु भएर सिद्धपोखरी, सल्लाघारी, नयाँ ठिमी, बहाखा बजार, बोडे, नीलबाराही, बेँसीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भङ्गाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बिरुवा, सिरुटार, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा साँझ ७ बजे समापन गर्दै मनोरञ्जनात्मक कार्यक्रमसमेत गरिने संयोजक बालाले बताए । 

भक्तपुर कोरा २०२३ नाम दिइएको, कार्यक्रममा साइकलबाट ५०, ७५ र १०० किलोमिटरका तीनवटा रुटमा साइकल यात्रा हुने जानकारी कोरा मास्टर सुनिल ख्याजुले बताए । च्यालेन्जअन्तर्गत हुने ५० किलोमिटर, ७५ किलोमिटर र एक सय किलोमिटरको च्यालेन्जमा ५०महिला सहित करिब छसय जनाको सहभागिता रहने उनले बताए । 

 

च्यालेन्जमा भक्तपुर, काठमाडौँ, ललितपुर, बनेपा, पनौती, पोखरा, तनहुँ, धरान, भैरहवा, सुर्खेत, नेपालगञ्ज, वीरगञ्ज, चितवन, नवलपरासी, बुटवललगायत सहरहरूबाट साइकलयात्रामा सहभागी हुने भएका छन् भने अमेरिका, र युरोपेली  राष्ट्रका विदेशी साइकल यात्रीहरुको समेत सहभागिता रहने भएको छ । साइकल कनेक्ट भक्तपुरका अध्यक्ष निर्जला कोजूले च्यालेन्जको समापनमा ५०, ७५ र एक सय किलोमिटरको च्यालेन्ज पूरा गर्ने सहभागीलाई पदक वितरण गरिने बताउनुभयो । च्यालेन्जलाई विभिन्न व्यावसायिक एवं सामाजिक सङ्घसंस्थाले सहयोग गर्ने भएका छन् ।

कार्यक्रममा रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापाले साइकल यात्राले भक्तपुरको पर्यटनको विकासमा समेत ठूलो टेवा पु¥याउने बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क...

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी...

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

मन्त्रीले पनि राखे ‘ग्रेटर नेपाल’ को...

काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् ।

बिहीबार मन्त्री दुलालको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा...

मन्त्रीले पनि राखे ‘ग्रेटर नेपाल’ को नक्सा, बागमतीका मन्त्री दुलालको कार्यकक्षको नक्सा फेरियो

नेपालले गुमायो सातौं विकेट, दीपेन्द्र १४...

नेपालले गुमायो सातौं विकेट, दीपेन्द्र १४ रनमै आउट

नेपालले गुमायो सातौं विकेट, दीपेन्द्र १४ रनमै आउट