श्रीनगर - बितेका पाँच दिनमा पजुलाई १ मा यात्रा सुरु भएदेखि कूल ६७ हजार पाँच सय ६६ भक्तले अमरनाथको पूजार्चना गरेका छन् ।
राज्य सरकारले बुधबार जारी गरेको विज्ञप्तिअनुसार बुधबार साँझसम्ममा ती तीर्थयात्रीले अमरनाथ गुफाको दर्शन तथा पूजार्चना गरेका हुन् । राज्यका सबै सुरक्षा निकायले यात्रीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिहेको छन् । यात्राका विभिन्न स्थानमा सुरक्षा फौजले शिविर स्थापना गरेर आवश्यक सहयोग गरिरहेको छ ।
बुधबार बालटाल आधार शिविर र नुनवान आधार शिविरबाट १८ हजार तीन सय ५४ तीर्थयात्री अमरनाथ गुफाको दर्शन गर्न प्रस्थान गरेका जनाउँदै विज्ञप्तिमा यात्रालाई सहज तुल्याउन राज्यका सबै निकाय विभागले भक्तलाई सबै सुविधा उपलब्ध गराएर सहयोग गरिरहेका उल्लेख गरिएको छ । बैसट्ठी दिन लामो अमरनाथ यात्रा आगमी भदौ १४ गते समाप्त हुनेछ ।
प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
कोशी प्रदेश सरकारले जारी गर्यो बजेटसम्बन्धी अध्यादेश
काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् ।
बिहीबार मन्त्री दुलालको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा...
नेपालले गुमायो सातौं विकेट, दीपेन्द्र १४ रनमै आउट
प्रतिक्रिया