१९ वैशाख, २०८१
    {
राजनीति / समाचार

राजनीतिमा मदन भण्डारीको योगदान उच्च छ : अध्यक्ष नेपाल

  • पुलेसो
  • २०८० असार १४ बिहीबार
राजनीतिमा मदन भण्डारीको योगदान उच्च छ : अध्यक्ष नेपाल

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट सिद्धान्तलाई स्वदेशी मौलिकतामा विकास गरी त्यसलाई लोकप्रिय बनाउन जननेता मदन भण्डारीको योगदान उच्च रहेको बताए।

मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा अध्यक्ष नेपालले आज सन्देश जारी गर्दै नेपाली राजनीतिमा जनताको बहुदलीय जनवादको प्रतिपादन र त्यसको प्रयोगबाट सामाजिक न्याय, समानता, विकास र समृद्धिका लागि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

भण्डारीले विश्व परिवेशमा रक्षात्मक बन्दै गएको कम्युनिष्ट सिद्धान्तलाई गहिरो अध्ययन गरी समयसापेक्ष जनताको चाहनाअनुसार सुदृढीकरण गरी लोकप्रिय बनाएको भनिएको सन्देशमा उनको सरल जीवनशैली, आदर्श, निष्ठा र सङ्घर्ष सबैका लागि अनुकरणीय र प्रेरणादायी रहेको उनको भनाइ छ ।

तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

यसवर्ष रासायनिक मलको अभाव हुँदैन :...

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका वर्षमा जस्तो यसवर्ष रासायनिक मलको अभाव नहुने बताए । 

प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ का क्रममा सांसदले राखेको...

यसवर्ष रासायनिक मलको अभाव हुँदैन : प्रधानमन्त्री दाहाल

पहिलो नेपाल-चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि...

पहिलो नेपाल-चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि सिचुवानलाई

पहिलो नेपाल-चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि सिचुवानलाई