काभ्रे - काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू गरिएको छ । विद्यालय भर्ना नभएका, अपाङ्गता भएका, अभिभावकविहीन, गरिबी वा अन्य कुनै कारण हालसम्म विद्यालय नपुगेका बालबालिकालाई विद्यालयसम्म ल्याउने गाउँपालिकाले नीति लिँदै उक्त कार्यक्रम लागू गरेको हो ।
कार्यक्रमले चार वर्ष पूरा भई १३ वर्ष ननाघेका बालबालिकाका समेटेको छ । यसका लागि गाउँपालिकाले छ वटै वडामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम कार्यान्वयन भएको घोषणा गरिसकेको छ । सबै वडा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भइसकेकाले अब गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरिने तयारी भएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए ।
उनका अनुसार अपाङ्गता तथा गरिबीको रेखामुनि रहेका बालबालिकाको सङ्ख्याको आधारमा बजेट विनियोजन गर्ने, पोसाक, झोला, जुत्ता, पुस्तक, कापी–कलम आदि उपलब्ध गराइने छ ।अधिकारीका अनुसार यसका लागि निःशुल्क अनिवार्य शिक्षा दिइएकाको समेत लिस्ट बनाइने छ । “कुनै पनि कारण आफ्ना बालबालिकालाई विद्यालय नपठाउने अभिभावकालाई पनि विद्यालय पठाउन सहयोग एवं प्रोत्साहन कार्यक्रम अघि सारिने छ, यति गर्दा पनि अटेर गरे गाउँपालिकाबाट प्रदान गरिने सेवा–सुविधालाई रोक्का गरी बालबालिकालाई विद्यालय पठाए पछि मात्र सेवालाई निरन्तरता दिइने बाध्यकारी नीति बनाउने छौँ”, उनले भने । कुनै पनि नीति अपनाएर भए पनि विद्यालय बाहिरका बालकालिकालाई विद्यालयमा ल्याइ गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रमलाई लागू गराएरै छाड्ने उनले बताए ।
कार्यक्रम सञ्चालनार्थ प्रारम्भिक चरणमा सूचना प्रवाह गरिएको थियो भने शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी ढङ्गले परिचालन गर्दै सूचक बनाएर टोली नै खटाइएको हो । यस्तै वडास्तरमा जनप्रतिनिधि (वडासदस्य) लाईसमेत परिचालन गरिएको छ भने त्यसको अनुगमन वडा र अन्त्यमा शिक्षा शाखा र गाउँपालिकाले पनि बालबालिकाको खोजपड्ताल गर्ने, तथ्यांकबारे ‘क्रस भेरिफाइ’समेत गरी विद्यालय बाहिरका बालबालिकालाई शिक्षण सिकाइमा समावेश गराइने छ ।
शिक्षा शाखा प्रमुख पुष्पा राईले जटिल खालको अपाङ्गताका कारण विद्यालय जान नसकेका विद्यार्थीको हकमा घरमै गएर घुम्ती शिक्षकमार्फत शिक्षा दिइने योजना बनाइएको बताइन् । नयाँ शैक्षिक सत्र सुरु भएको समयदेखि नयाँ भर्नाका लागि गरिएको घरदैलो कार्यक्रमबाट समेत विभिन्न कारण विद्यालय नपुगेका बालबालिकाको सूक्ष्म ढङ्गले लगत सङ्कलन गरिएको छ ।
गाउँपालिका तथा वडास्तरका सम्पूर्ण जनप्रतिनिधि एवं स्थानीयको सहभागीतामा घरदैलो कार्यक्रम सम्पन्न गरेपश्चात् मौद्रिक र अमौद्रिक सहयोग उपलब्ध गराउने र बालबालिकालाई विद्यालय आउने वातावरण बनाउने गाउँपालिकाले नीति लिएको हो । गाउँपालिकाले प्रारम्भिक चरणमा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम वडास्तरमा सुरु गर्दै तथा निःशुल्क अनिवार्य शिक्षायुक्त वडा घोषणा गरेको थियो । बेथानचोकमा दश माध्यमिक, तीन आधारभूत र १७ प्राथमिक विद्यालयमा हाल तीन हजार चार सय विद्यार्थी अध्यनरत छन् ।
उक्त निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम सङ्घीय सरकारको सामाजिक विकाश मन्त्रालयको कार्यक्रम हो । नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा राखेका र प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क पाउने प्रावधानअनुरुप नेपाल सरकारले १९ असोज २०७७ मा ‘अनिवार्य र निःशुल्क शिक्षासम्बन्धी नियमावली–२०७७’ लागू गरेको थियो । तेह्र स्थानीय तह रहेको काभ्रेपलाञ्चोकमा यसअघि खानीखोला गाउँपालिकामा यो कार्यक्रम लागू गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
कोशी प्रदेश सरकारले जारी गर्यो बजेटसम्बन्धी अध्यादेश
काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् ।
बिहीबार मन्त्री दुलालको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा...
नेपालले गुमायो सातौं विकेट, दीपेन्द्र १४ रनमै आउट
प्रतिक्रिया