नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य
काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ ।
हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनाएको हो ।
नेपालका लागि ओपनरद्वार कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट पारी खेले । कुशल शतक पूरा गर्नबाट १ रनले चुके ।
जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे ।
यस्तै आसिफ शेख ६६ रनमा आउट भए । आसिफले १०० बलमा ७ चौका मद्दतमा ६६ रन बनाए । आसिफ वेलिङटन मसाकान्डाको बलमा रायन बुर्लद्वारा क्याच आउट भएका हुन् ।
कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए । गुल्सन झा १३ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् ।
जिम्बाव्वेका रिचर्ड नागरभाले ४ विकेट लिए ।
प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
कोशी प्रदेश सरकारले जारी गर्यो बजेटसम्बन्धी अध्यादेश
काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् ।
बिहीबार मन्त्री दुलालको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा...
नेपालले गुमायो सातौं विकेट, दीपेन्द्र १४ रनमै आउट
प्रतिक्रिया