१५ चैत, २०८०
    {
सुदूरपश्चिम प्रदेश / समाचार

सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री देउवाले गर्ने

  • पुलेसो
  • २०७९ मंसिर २१ बुधबार
सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री देउवाले गर्ने

धनगढी -  कैलालीको धनगढीमा मङ्सिर २२ गतेदेखि शुरु हुने सुदूरपश्चिम महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन  गर्ने भएका छन्।

आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले आज धनगढीमा पत्रकार सम्मेलन गरि त्यस्तो जानकारी दिएको हो ।संघका अध्यक्ष पुष्पराज कुँवरले महोत्सवको तयारी लगभग पुरा भएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर २२ गते दिउसो २ बजे धनगढी उपमहानगरपालिका - १ स्थित मैदानमा महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए ।

महोत्सव उद्घाटन समारोहमा विभिन्न भेषभुषा, लोक संस्कृति झल्कने झाँकी प्रदर्शनी गरिने तयारी भइरहेको छ । सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०६३ सालदेखि शुरु भएको महोत्सव यो १६ औँ संस्करण रहेको छ ।

 

महोत्सवमा स्थानीय खानपान, कृषि उपज, व्यापारिक लगायतका गरि करिब ४ सय स्टल रहने छन् । महोत्सव सञ्चालनका लागि करिब २ करोड खर्च हुने अनुमान सङ्घले गरेको छ । मङ्सिर २२ गते शुरु हुने महोत्सव पुस २ गतेसम्म सञ्चालन हुने छ । महोत्सव अवधिमा करिब १० करोड बराबरको कारोबार हुने अपेक्षा सङ्घले गरेको छ ।

महोत्सवमा कृषि प्रदर्शनी, कलाकारको प्रस्तुती, रमाइलो मेला, खानपानका परिकार, थारु गाउँ लगायत मुख्य आकर्षण रहने छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

‘रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुने,...

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संविधानले दिएको मौलिक हकको कार्यान्वयन गर्न कानुन बनाउनका लागि दलहरू चुक्दा हजारौं नेपालीहरू नागरिकताविहीन हुनुपरेको बताएका छन् ।

बुधबार प्रतिनिधि...

‘रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुने, अरूको मुद्दामा वर्षौं लाग्ने?,’

विश्वकप छनोटमा सन्दीपले नेपाललाई दिलाए तेस्रो...

काठमाडौं - स्पिनर सन्दीप लामिछनेले आईसीसी विश्वकप छनोटमा पहिलो विकेट लिएका छन् ।

जारी वेस्ट इन्डिजविरुद्धको खेलमा उनले ओपनर ब्रान्डन किङलाई आउट गर्दै नेपाललाई तेस्रो...

विश्वकप छनोटमा सन्दीपले नेपाललाई दिलाए तेस्रो सफलता