१९ जेठ, २०८०
    {
मनाेरञ्जन / समाचार

जासुसीको कथा एन इन्स्पेक्टर कल्स

  • पुलेसो
  • २०७९ मंसिर ०६ मंगलबार
जासुसीको कथा एन इन्स्पेक्टर कल्स

काठमाडौँ  - सिनामङ्गलस्थित पुरानो नाटकघरमा नाटक ‘एन इन्स्पेक्टर कल्स’को मञ्चन सुरु भएको छ। नाटकलाई नैतिकतावादी ‘मोरालिटी प्ले’ भनेर पनि व्याख्या गरिएको छ। नाटक एउटा धनाढ्य मल्ल परिवारको घरमा भइरहेको पार्टीबाट सुरु हुन्छ। सौर्य मल्लकी छोरी शिला मल्लको इन्गेजमेन्ट आफूभन्दा समाजमा अझ उच्च दर्जामा गनिने शिशिरशमशेर राणासँग हुँदै छ। यसैको पार्टीमा खुसी मनाइरहेका बेला डोरबेल बज्छ र भित्र छिर्छ एउटा इन्स्पेक्टर। 

को हो त्यो इन्स्पेक्टर? ऊ किन त्यहाँ छ ? यही प्रश्नभित्र नाटक रुमलिएको छ। नाटक हर समयको कथा हो। मानव सभ्यता सुरु भएदेखि नै विभिन्न किसिमका दासत्वहरूको जन्म भए। धर्म, अर्थ, छालाका रङ, राष्ट्रियता, भाषा, जात आदि विभिन्न परिधिमा बाँडिदै गए। यी सबै विभेदमा कुनै एक किसिमको वर्गले कुनै अर्को वर्गलाई पैतालामुनिको धुलो समान व्यवहार गरिराख्यो। 

१९औँ शताब्दीमा वर्गीय विभेदको अन्त्य गर्ने भनेर आएका कति राष्ट्रहरू आफैँ फुटेर गए, कति वर्गीय विभेदलाई राजनीतिक न्याय दिन कम्युनिजमको सँगसँगै विभिन्न समाजवाद र कतिले त प्रजातान्त्रिक पुँजीवादीलाई डोहो¥याएर लगे। ‘जुन जोगी आए पनि कानै चिरिएको’ भनेजस्तै दैनिक ज्याला गरेर जीवन चलाउनेहरू ठूलो भुमरीको बीचमा धपधप गर्दै बलिराखेको मैनबत्ती जसरी बल्छ, त्यहीँ मल्ल परिवारको भुमरीमा बाँच्ने अनेकन प्रयास गर्दा पनि निभ्नु परेको मुनाको कथालाई नाटकमा उजागर गर्न खोजिएको छ।

‘एन इन्स्पेक्टर कल्स’ जेबी पृस्ट्लीद्वारा १९४५ मा प्रकाशित नाटक हो। राजकमल (फकिर)को डेब्यु निर्देशन तथा अनुवाद रहेको नाटक जासुसी शैलीको छ। नाटकमा सेट डिजाइन निर्देशक फकिरले नै गरेका छन् भने प्रकाश डिजाइन श्रवण राणामगरको छ।निर्देशक फकिरले गरेको मञ्च व्यवस्थापनको सेट भव्य छ। निर्देशकले नाटकमाथि गर्नुभएको मेहनतले उनको यो डेब्यु निर्देशन हो जस्तो नै लाग्दैन। उनको निर्देशकीय पक्ष बेजोड छ।

 

त्यस्तै कलाकारको अभिनयले अवश्य नै दर्शकको मन लोभ्याउँछ। आभास अधिकारी, विजय ताम्रकार, शारदा अधिकारी, सरिता भुजेल, सदिन लुइँटेल, शिशिर सिवाकोटी, मोनिका थापालगायतको अभिनयमा कतै खोट लगाउने ठाउँ छैन। सबै कलाकारले आआफ्नो अभिनयमा न्याय गरेको छ। नाटक मङ्सिर १२ गतेसम्म मञ्चन हुनेछ। 

प्रतिक्रिया

छुटाउनुभयो कि?

प्रमुख निर्वाचन आयुक्त थपलियासँग जापानी परराष्ट्र...

काठमाडौँ  -  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आ एका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गरेका छन् ।

...
प्रमुख निर्वाचन आयुक्त थपलियासँग जापानी परराष्ट्र राज्यमन्त्रीको शिष्टाचार भेटवार्ता

गुल्मीमा मङ्गलवार पुनः मतदान हुने

तम्घास  - प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत गुल्मीमा स्थगित भएको मतदान केन्द्रमा मङ्गलवार पुनः मतदान हुने भएको छ । 

जिल्लाको क्षेत्र नम्बर– १ को...

गुल्मीमा मङ्गलवार पुनः मतदान  हुने

अर्जेन्टिनालाई हराएको खुशीमा साउदीमा आज बिदा

काठमाडौं  -  कतार विश्वकपको माहोल विस्तारै तातेको छ । सहभागी सबै टोलीले समूहको पहिलो खेल खेल्ने क्रम जारी छ । तर, पहिलो खेलमै प्राप्त गरेको जितको उत्सव मनाउने...

अर्जेन्टिनालाई हराएको खुशीमा साउदीमा आज बिदा

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि...

काठमाडौँ  -  प्रतिनिधिसभा र प्रदेशसभाको लागि मतदान सुरु भएको छ । दुई सय ७५ प्रतिनिधिसभा सदस्य तथा तीन सय ३० प्रदेशसभा सदस्य चुन्न आज बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको...

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु