१४ वैशाख, २०८१
    {
राजनीति / सुदूरपश्चिम प्रदेश / समाचार

कञ्चनपुरमा दिउँसो २ बजेसम्म ४५ प्रतिशत मत खस्यो

  • पुलेसो
  • २०७९ मंसिर ०४ आइतबार
कञ्चनपुरमा दिउँसो २ बजेसम्म ४५ प्रतिशत मत खस्यो

कञ्चनपुर - कञ्चनपुरका सबै मतदान केन्द्रहरूमा मतदान कार्य जारी रहेको छ । आइतबार बिहान ७ बजेदेखि भइरहेको प्रतिनिधि सभा सदस्य  तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदान कार्यक्रम कञ्चनपुरका १ सय ३२ मतदान स्थलमा रहेका ३ सय ४६ मतदान केन्द्रहरूमा जारी रहेको बताइएको छ ।

दिउँसो २ बजेसम्म कञ्चनपुरमा औसत ४५ प्रतिशत जति मत खसेको छ । मतदान कार्यक्रम साँझ पाँच बजेसम्म जारी रहने छ । मतदान केन्द्रमा पुगेका मतदाताहरू मतदानका लागि उत्साहित देखिएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मङ्सिर १ गते राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सीमा नाका समेत बन्द गरिएको छ । कञ्चनपुरको दक्षिणी र पश्चिमी सीमा भारतसँग जोडिएको छ । 

नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना निर्वाचनको सुरक्षार्थ परिचालन भएका छन् । निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सबै संयन्त्र परिचालन गरिएको छ । मतदाताले सुरक्षित वातावरणमा ढुक्कसँग मतदान गर्न सक्ने गरी सुरक्षा व्यवस्था समेत कडा पारिएको कञ्चनपुर प्रशासनले जनाएको छ । 

 

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरका कुल ३ लाख २ हजार ५ सय ९ मतदाता मतदान गर्न योग्य छन् । कञ्चनपुर जिल्लामा प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ निर्वाचन क्षेत्र रहेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन...

क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

एलओडीमा अमेरिकी दूतावासको सहकार्यमा जमैकन अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिदैँ

महँगोमा राहदानी खरिद गर्नुपर्ने बाध्यता छ...

काठमाडौं - परराष्ट्रमन्त्री नारायणप्रसाद ९एनपी० साउदले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले सरकारलाई महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

बुधवार...

महँगोमा राहदानी खरिद गर्नुपर्ने बाध्यता छ : मन्त्री साउद

ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या...

ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुग्यो

ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुग्यो