रोनाल्डोको पेनाल्टी गोल मद्दतमा रियल मड्रिडको जित
पुलेसो १८ माघ, २०७७, आईतबार १०:४७
लिगा फुटबलमा भ्यालेन्सियामाथि रियल मड्रिडले क्रिष्टियानो रोनाल्डोको दुई पेनाल्टी गोलको मद्दतमा जित हात पारेको छ ।
भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा शनिबार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियामाथि ४–१ को जित निकालेको हो । यससँगै रियलले तेस्रो स्थानमा रहेको भ्यालेन्सियासँगको अंक दूरी २ मा झारेको छ भने बार्सिलोनाभन्दा १६ अंक पछाडि छ ।
रियल मड्रिडले १६ औं मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ३६ औं मिनेटमा रोनाल्डोले दोस्रो पेनाल्टी गोल गरेपछि पहिलो हाफमा रियल २–० ले अगाडि रह्यो ।
दोस्रो हाफमा भ्यालेन्सियाले खेलमा फर्कने प्रयास गरेको थियो । ५८ औं मिनेटमा मिना लोभन्जोले गोल गरे । तर ८४औं मिनेटमा मार्सेलो र ८९ औं मिनेटमा टोनी क्रुजले गोल गरेपछि रियल मड्रिड ४–१ ले विजयी भयो ।
जितपछि रियल मड्रिडको २० खेलबाट ३८ अंक भएको छ र चौथो स्थानमा छ । एक स्थानमाथि रहेको भ्यालेन्सियाको ४० अंक छ ।