Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारयी देशहरुमा ‘भ्यालेन्टाइन डे’निषेध

यी देशहरुमा ‘भ्यालेन्टाइन डे’निषेध


प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे आउन अव केही साता मात्र बाँकी छ । थुप्रै प्रेमीप्रेमीकाहरु प्रेम साटासाट गर्न अग्रसर भएका छन् । कतिपय जोडी यही दिनबाट आफ्नो प्रेम जीवन शुरु गर्नको लागि प्रतिक्षारत छन् ।

पश्चिमा देशहरुमा भव्यरुपमा मनाइने यो दिवस पछिल्ला दिनहरुमा नेपाल, भारतसहितका अन्य हिन्दूराष्ट्रहरुमा पनि मनाउन थालिएको छ । तर पश्चिमा केही देशहरुमा भने भ्यालेन्टाइन डे मनाउन प्रतिवन्ध लगाइएको छ । आखिर कुन कुन देशमा भ्यालेन्टाइन डे मनाउन प्रतिवन्ध लगाइएको छ त ?

साउदी अरब
साउदी अरेबियामा भ्यालेन्टाइन डेको दिन छुट्टी बस्न पाइदैँन । यहाँका अधिकारीहरुले यस दिनलाई पूर्ण प्रतिबन्ध लगाएका छन् । १४ फेब्रुअरी आउनुभन्दा केही दिनअघि गुलाफ, रातो रंगका अन्य सामाग्री तथा प्रेम झल्कने कुनै पनि कार्ड वितरण गर्न पाइदैँन । सरकारको यस निर्णयपछि भ्यालेन्टाइन डेका लागि लक्षित गरिएका सामाग्रीहरुमा साउदीमा कालोबजारी हुन्छ ।

मलेसियामा मुस्लिमलाई प्रतिबन्ध

मलेसियामा ६० प्रतिशत मुस्लिम छन् । यहाँ मुस्लिम समूदायले प्रेम दिवस मनाउन प्रतिबन्ध लगाएको छ । त्यसैले भ्यालेन्टाइन डेको दिन किशोर–किशोरीहरुले घरबाट निस्कदाँ धेरै सोच्नुपर्ने हुन्छ । सन् २०१२ मा भ्यालेन्टाइन डेको दिन प्रहरीले थुप्रै होटलमा छापा मारेर प्रेमदिवस मनाउनेलाई जेल पठाएको थियो ।

इरान

इरान सरकारले सन् २०११ मा भ्यालेन्टाइन डेमाथि प्रतिबन्ध लगायो । सरकारी अधिकारीहरुले सञ्चारमाध्यममार्फत विज्ञप्ती निकाल्दै यो दिवस नमनाउन चेतावनी दिए । भ्यालेन्टाइन डेको प्रवद्र्धन गर्ने रातो गुलाफ, हर्ट शेप, हाफ हर्ट शेप र यससँग जोडिएका थुप्रै कुराहरु प्रयोग नगर्न सर्वसाधारणलाई चेतावनी दिइयो । अहिले यो दिवस मनाउने जो कोहीमाथि कारबाही हुन्छ ।

इन्डोनेशिया
इन्डोनेशियामा पनि यो दिवस प्रतिबन्ध छ । यहाँपनि भ्यालेन्टाइन डेका दिन कार्डस काट्ने , गुलाफ दिने वा घुम्न जाने काम वर्जित छ । यद्यपी यहाँ युवाहरु यो निर्णयको विरोध गर्छन् र भ्यालेन्टाइन डे मनाउँछन् ।




तपाईको प्रतिक्रिया दिनुहोस