गृहपृष्ठ ∕
समाचार ∕
कार्टुन्ज क्रुसँग प्रियंकाको ‘माछीले खाने खोलीको लेऊ’ गीत ट्रेन्डिङको टपमा (भिडियोसहित) कार्टुन्ज क्रुसँग प्रियंकाको ‘माछीले खाने खोलीको लेऊ’ गीत ट्रेन्डिङको टपमा (भिडियोसहित)
पुलेसो १८ माघ, २०७७, आईतबार १०:११
चर्चित डान्स ग्रुप कार्टुन्ज क्रुसँग नायिका प्रियंका कार्कीको ‘माछीले खाने खोलीको लेऊ’ गीत ट्रेन्डिङको टपमा आएको छ । कार्टुन्ज क्रुको सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै प्रिंयका अभिनित नयाँ गीत बिहीबार सार्वजनिक भएको थियो। चार दिनमै यो भिडियो यु ट्युवमा साढे ९ लाख पटक हेरिसकिएको छ ।
बिहीबार सार्वजनिक भिडियोमा प्रियंका, आशामा र सरोजको त्रिकोणात्मक प्रेमलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी रहेको भिडियोको छायाङ्कन सुदिप बरालले गरेका छन् । मेलिना राई र सरोज ओलीको आवाजमा रहेको गीतमा वसन्त सापकोटाको सङ्गीत छ ।
यसअघि चलचित्र पुरानो डुंगा को ‘निर जैले रिसाउने’ बोलको गीतमा उनीहरूले सँगै फिचरिङ गरेका थिए । लामो समयपछि प्रियंका, आश्मा र सरोज एकसाथ देखिएका हुन् ।
गीत सार्वजनिक सँगै भिडियोको लागि कभर डान्स प्रतियोगिता पनि खुलेको छ । मार्च अन्तिमसम्म खुलेको प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने प्रस्तुतकर्ता शुभ मिडिया होमले जानकारी दिएको छ । यसअघि आएको गीत ‘जता जता पिरतीको बाटो’को कभर डान्स प्रतियोगिताको विजेता पोखराको ‘क्रिस्टल क्लज डान्स ग्रुप’लाई १ लाख रुपैयाँ प्रदान गरिएको थियो ।