Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारमुस्ताङका कृषकलाई२५ हजारभन्दा बढी स्याउका बिरुवा वितरण

मुस्ताङका कृषकलाई२५ हजारभन्दा बढी स्याउका बिरुवा वितरण


मुस्ताङका स्थानीय तहले कृषकलाई यस वर्ष २५ हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरेका छन् ।

 

स्याउ खेती विस्तारका लागि बाहगाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई २५ हजार ५०० स्याउका बिरुवा वितरण गरेका हुन् । घरपझोङले १० हजार, बाहगाउँ मुक्तिक्षेत्रले १५ हजार र थासाङले ५०० वटा स्याउका बिरुवा वितरण गरेको जनाएका छन् । गाउँपालिकाको कृषि शाखामार्फत कृषकलाई स्याउका बिरुवा वितरण गरिएको हो । रु ४५ मूल्य पर्ने स्याउका बिरुवा कृषकलाई रु २२ मा उपलब्ध गराइएको घरपझोङ गाउँपालिकाका कृषि प्राविधिक बिमल खत्रीले बताउनुभयो ।

 

उहाँका अनुसार कृषकलाई स्याउ बगैँचा सरसफाइका लागि नीलो तुथो, स्प्रे, सिकेचर, करौँटीलगायत औजारसमेत उपलब्ध गराइएको छ । थासाङ गाउँपालिकाले स्याउका साथै ५०० वटा ओखरका बिरुवासमेत वितरण गरेको छ । रु २७ मूल्य पर्ने ओखरका बिरुवा रु १३ मा उपलब्ध गराइएको हो । यसअघि जिल्ला कृषि विकास कार्यालयले सञ्चालन गर्दै आएको कार्यक्रम राज्य पुनःसंरचनालगत्तै स्थानीय तहका शाखामार्फत हुन थालेको छ ।

 

स्थानीय तहले कृषकको आयआर्जन वृद्धि र रोजगारी सिर्जनाका साथै स्याउको उत्पादन बढाउन खेती विस्तारमा जोड दिएको बाह गाउँ मुक्तिक्षेत्र गाउँपालिकाको कृषि शाखाकी नायब प्राविधिक सहायक मनिता तामाङले बताउनुभयो । मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले उत्पादन गरेको बिरुवा खरिद गरेर कृषकलाई उपलब्ध गराइएको तामाङले बताउनुभयो । मुस्ताङका कृषक हिजोआज नयाँ बिरुवा लगाउने, स्याउ बगँैचाको काँटछाँट, सरसफाइ र व्यवस्थापनको काममा व्यस्त छन् ।रासस




तपाईको प्रतिक्रिया दिनुहोस