Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकारागारबाट फरार ‘टिके’ प्रहरी इन्काउन्टरमा

कारागारबाट फरार ‘टिके’ प्रहरी इन्काउन्टरमा


४ माघमा डिल्लीबजार कारागारबाट फरार झन्डै एक दर्जन चोरी घटनामा संलग्न रामेछापका टीकाबहादुर थापामगर ‘टिके’ उनलाई शनिबार चितवनमा प्रहरीले गोली हानेर प्रहरीको इन्काउन्टरमा घाइते बनाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका अनुसार प्रहरीको जवाफी फायरमा उनको तिघ्रा र हातमा गोली लागेको थियो । गम्भीर घाइते उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । थप उपचारका लागि उनलाई काठमाडौं ल्याइएको छ ।

मोटरसाइकलबाटै प्रहरीमाथि गोली प्रहार
ना. ४७ प ५०५२ नम्बरको मोटरसाइकलमा भागिरहेका उनी शनिबार साँझ करिब ५ बजे भरतपुरस्थित रामनगरमा प्रहरी इन्काउन्टरमा परेका थिए । मोटरसाइकलबाट गोली हानेपछि प्रहरीले जवाफमा फायर खोलेको थियो । मोटरसाइकलचालक भने फरार रहेको प्रहरीले जानकारी दिएको छ । ‘डिल्लीबजार कारागारबाट झुक्याएर भागेपछि प्रहरीले उनको पिछा गरिरहेको थियो । मोटरसाइकलमा भागिरहेका उनी रामनगरमा भेटिए । पिछा गर्ने क्रममा प्रहरीलाई गोली हानेपछि जवाफमा प्रहरीले फायर खोलेको हो,’ महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले भने । उनलाई महाशाखाले ७ असार ०७२ मा चोरी मुद्दामा पक्राउ गरेको थियो । दोषी प्रमाणित भएपछि उनी डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गर्दै थिए । कारागारको तारजाली काटेर ४ माघमा उनी फरार भएका थिए ।

यस्ता छन् उनका चोरीका शृंखला :  थापाको निसानामा महिला

२७ वैशाख ०७२ मा उनले बाफलको कोहिनुर हाउजिङ नजिकबाट सीता श्रेष्ठको दुई तोला सुनको सिक्री लुटेका थिए । १ जेठ ०७२ मा थापाले महाराजगन्जको शिक्षण अस्पतालमा पार्किङ गरी राखिएको बा।७४प ३६६२ नम्बरको नीलो मोटरसाइकल र २० जेठमा पुरानो बानेश्वरका जीवन शर्माको बा।६८प १०१८ पल्सर मोटरसाइकल चोरी गरे । २७ जेठमा बुद्धनगरमा उर्मिला कँडेलको तीन तोला सुनको सिक्री लुटेका थापाले त्यसको पाँच दिनपछि ३२ जेठमा बौद्ध भाटभटेनीबाट विष्णुबहादुुर गुरुङको बा।६च ७६९८ नम्बरको गाडी चोरी गरे ।

 

गाडी चोरीपछि २७ लाख धरौटीमा छुटे
बौद्धस्थित भाटभटेनी सुपरमार्केटको पार्किङ परिसरमा पार्क गरिएको विष्णुबहादुुर गुरुङको बा।६च ७६९८ नम्बरको बलेरो गाडी चोरी गरी उनले मकवानपुरको पदमपोखरीमा लुकाइराखेका थिए । सो घटनामा उनलाई प्रहरीले पक्राउ गरे पनि उनी २७ लाख रुपैयाँ धरौटी राखी छुट्न सफल भए ।नँया पत्रिका

कहिले के चोरी ?
२१ माघ ०७१ मा १८ लाख ८४ हजार ६३५ लुटपाट
२१ कात्तिक ०७१ मा एक लाख ५५ हजार लुटपाट
६ पुस ०७१ मा ६९ हजार २५० लुट
६ चैत ०७१ मा बा.६७ प ८४६८ नम्बर मोटरसाइकल चोरी
२७ वैशाख ०७२ मा दुई तोला सुनको सिक्री लुट
१ जेठ ०७२ मा बा.७४ प ३६६२ नम्बरको मोटरसाइकल चोरी
२० जेठ ०७२ मा बा.६८ प १०१८ मोटरसाइकल चोरी
२७ जेठ ०७२ मा तीन तोला सुनको सिक्री लुट
३२ जेठ ०७२ मा बा. ६ च ७६९८ नम्बरको गाडी चोरी




तपाईको प्रतिक्रिया दिनुहोस