Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारभान्साकोठा सजाउने तरिका

भान्साकोठा सजाउने तरिका


भान्छाकोठा घरको सबैभन्दा खास ठाँउ मध्येको एक हो किनकी यहि ठाउँ घरको वास्तु अनि मानिसको स्वास्थ्यसंग जोडिएको हुन्छ । भान्साकोठालाई लिएर निकै कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ। ध्यान नदिँदा घर परिवारका सदस्यको लागि गरिबी अनि समाजमा अपमानको कारण बन्न सक्छ।

भान्साकोठालाई सजाउने तरिका

-डेकोरेसनमा वाटर रेसिस्टेन्ट (पानी नसोस्ने) बोर्ड या प्लाई प्रयोग गर्नुहोस् ।
-भान्साको डेकोरेसनका क्रममा र्‍याकका भित्री भाग पनि लेमिनेट गर्नुपर्छ । अनावश्यक प्वाल रह्यो भने साङ्लाले गुण लगाउने र फोहोर गराउने हुन्छ ।
-बाहिरी भागमा फरमाइका, टिक प्लाई, काठ अथवा बजारमा पाइने अन्य फिनिसिङ मेटेरियल प्रयोग गर्दा उत्तम हुन्ट ।
-सकेसम्म चिप्लो र सफा सतह भएको मेटेरियल उपयुक्त हुन्छ ।
-काठ, टिक प्लाईभन्दा फरमाइका या डेकोपेन्ट गरेको पल्ला सफा गर्न सजिलो हुन्छ ।
-पकाउने स्थान र सिंकको दुरी केही टाढा हुनुपर्छ । सिंक राख्दा झ्यालनजिकको स्थान रोज्नु राम्रो हुन्छ ।
-ग्यास सिलिन्डर कहिल्यै पनि गुम्सिने डब्बामा राख्नुहुदैन । तर, किचन आकर्षक बनाउने हो भने डब्बामा राख्नु राम्रो हुन्छ । दुवै पाटोलाई ध्यान दिएर भ्यान्टिलेसन भएको डब्बामा राख्नुपर्छ ।
-भान्साको भित्तामा विशेष किसिमको किचन टायल प्रयोग गर्नुपर्छ । भान्सा सानो छ भने धेरै हाइलाइट नहुने ग्रेनाइट सेतो या कालो टायल उपयुक्त हुन्छ ।
-भान्सामा आकर्षण भर्न सिसाका डब्बामा मसला तथा गेडागुडी राखेर सजाउन सकिन्छ ।
-भान्सालाई फरक आकर्षण दिने हो भने राम्रा कटलेरी आइटम, खाना पकाउने विधिका किताब पनि सजाउन सकिन्छ ।
-झ्यालनजिकै सानो गमलामा भान्सामा प्रयोग हुने मसलाको बोट रोप्दा अझै आकर्षक देखिन्छ ।




तपाईको प्रतिक्रिया दिनुहोस