Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनक्कली बाँदर बनाएर संसारलाई आश्चर्यचकित पारिदिए (भिडियोसहित)

नक्कली बाँदर बनाएर संसारलाई आश्चर्यचकित पारिदिए (भिडियोसहित)


चिनियाँ वैज्ञानिकहरूले नक्कली बाँदर बनाएर संसारलाई आश्चर्यचकित पारिदिएका छन् । बीस वर्षअघि जुन प्रविधिले डली नामक भेडाको क्लोन तयार पारिएको थियो चिनियाँ वैज्ञानिकले त्यही प्रविधिबाट दुईवटा क्लोन अर्थात् नक्कली बाँदर बनाउन सफल भएका छन् ।

बाँदरको क्लोन बनाएपछि अब मानिसको पनि क्लोन बनाउन सकिने सम्भावना खुलेको छ ।

क्लोन बाँदरहरूको जन्म शांघाईस्थित चाइनिज एकेडमी अफ सायन्सेज इन्स्टिच्युट अफ न्युरोसायन्समा भएको हो ।

दुई बाँदरको नाम झोङ–झोङ र हुआ–हुआ हो । झोङ आठ हप्ताअघि र हुआ ६ हप्ताअघि जन्मेका हुन् ।

दुवै बाँदरलाई बोतलबाट दूध पियाउने गरिएको छ । यिनीहरूको विकास सामान्य तरिकाले भइरहेको छ ।

बाँदरहरूको क्लोन गैरभ्रूण कोशिका (नन एम्ब्रियोनिक सेल) द्वारा कृत्रिम तरिकाले तयार पारिएको हो ।

यो पूरा प्रक्रिया सोम्याटिक न्युक्लियर ट्रान्स्फरमार्फत गरियो । सेललाई गर्भमा यसैमार्फत पठाइयो ।

चाइनिज एकेडमी अफ सायन्सेजका अनुसन्धानकर्ता ममिङ फूका अनुसार, यो कामले मेडिकल अनुसन्धानमा ठूलो सहायता पुग्नेछ । बाँदरबाट सर्ने रोगको रोकथाम यसबाट सम्भव हुनेछ ।

फुका अनुसार, मानव बाँदर प्रजातिमै पर्छ । त्यसैले प्राइमेट प्रजातिको सफल क्लोनिङले मानिसको क्लोनिङमा रहेको प्राविधिक अवरोध भत्केको छ ।

पार्किन्सन्स, क्यान्सर र मेटाबोलिक विकार जस्ता गम्भीर रोग निको पार्न पनि यसले सहायता गर्नेछ ।एजेन्सी

 

 




तपाईको प्रतिक्रिया दिनुहोस