Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारदक्षिण कोरियामा १५ वर्षयताकै खतरनाक आगलागी

दक्षिण कोरियामा १५ वर्षयताकै खतरनाक आगलागी


दक्षिण कोरियाको एक अस्पतालमा शुक्रबार भीषण आगलागी हुँदा कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ।

दक्षिणी क्षेत्र मिरियाङमा रहेको एक सरकारी अस्पतालमा भएको सो आगलागीलाई यहाँ गएको १५ वर्षपछिको सबैभन्दा खतरनाक भनिएको छ। आगलागीमा परी कम्तीमा पनि ८० जना घाइते भएका समाचारमा जनाइएको छ। तीमध्ये केहीको अवस्था गम्भीर छ।

मृत्यु हुनेमा बिरामी र तिनका कुरुवाहरु पनि परेका समाचारमा जनाइएको छ। अस्पतालमा दिउँसोको खाना खाने बेला अकस्मात आगो लागेको थियो। आगलागीको कारण खुल्न सकेको छैन।

उक्त आगलागी भएको समयमा सो अस्पतालमा बिरामी र कर्मचारी गरेर कम्तीमा पनि २ सय जना थिए।  के कति मानिस के कसरी परे भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमा राखिएका श्रव्यदृश्यहरुमा उक्त अस्पतालमा रहेका बिरामीहरुलाई अस्पतालको छत तथा कौसीमा जम्मा गरेर हेलिकोप्टरको माध्यमबाट उद्धार गरिएको देखिन्छ।

भुइँतलाबाट आगो सल्किएको र नर्सले अस्पतालको आकस्मिक कक्षबाट भाग्न भने पनि कतिपयले त्यसको मेसो नपाएकाले पनि धेरैको ज्यान गएको बताइएको छ।




तपाईको प्रतिक्रिया दिनुहोस