Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकसरी बन्छ साबुदाना ? व्रतउपवासमा खान हुन्छ त यो ?

कसरी बन्छ साबुदाना ? व्रतउपवासमा खान हुन्छ त यो ?


 साबुदानाको खीर, पापड र खिचडी जस्ता स्वादिष्ट परिकार तपाईंले खानुभएको होला । व्रतमा यसलाई खानुभएको पनि होला ।

तर मोतीजस्ता देखिने साबुदाना कसरी बन्छन् भनी विचार गर्नुभएको छ ?

साबुदाना सागो पाम नामक रुखको चोपबाट बनाइन्छ । सागो पाम ताडीजस्तो रुख हो र यो विशेषगरी पूर्वी अफ्रिकामा पाइन्छ । यस रुखको काण्ड मोटो हुन्छ र त्यसको बीचको भागलाई पिँधेर धूलो बनाइन्छ । पछि त्यस धूलोलाई छानेर तताइन्छ र दाना बनाइन्छ ।

साबुदाना छिट्टो पाक्छ र पौष्टिक पनि हुन्छ । यसमा कार्बोहाइड्रेट्स प्रचुर हुन्छ र क्याल्सियम तथा भिटामिन सीका केही मात्रा पनि हुन्छन् ।

भारतमा साबुदाना बनाउनका लागि कसावाका जराहरूको गुदीको प्रयोग हुन्छ । त्यसको जरा सखरखण्डको जरा जस्तै हुन्छ । त्यो गुदीलाई ठूलाठूला भाँडाहरूमा निकालेर आठ दिनसम्म राखिन्छ र दिनदिनै त्यसमा पानी हालिन्छ ।
यसो गर्दा त्यसमा सेतो रंगका लामा लामा लटहरू पर्छन् । त्यसपछि ती ठूलाठूला भाँडामा केही मानिस पसेर त्यसलाई गोडाले मडार्छन् र मडार्दा लटहरू मर्छन् ।

यो प्रक्रियालाई ६ महिनासम्म बारम्बार दोहो–याइन्छ । त्यसपछि बन्ने मावालाई निकालेर मशिनहरूमा हालिन्छ र साबुदाना बनाइन्छ । यसलाई सुकाएर ग्लुकोज र स्टार्चबाट बनेको धूलोले पलिश गरिन्छ र मोतीजस्तो देखिने साबुदाना बजारमा ल्याइन्छ ।

साबुदाना बनाउने यो पछिल्लो तरिका सफा छैन । त्यसैले यस्तो साबुदानालाई व्रत उपवासका बेलामा खाने कि नखाने भन्ने प्रश्न पनि छ ।




तपाईको प्रतिक्रिया दिनुहोस