Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारबलिउडका कलाकार बिजनेसको दुनियाँमा पनि छन् सुपरस्टार

बलिउडका कलाकार बिजनेसको दुनियाँमा पनि छन् सुपरस्टार


बलिउडमा प्रवेश गर्ने वित्तिकै एक–दुई हिट फिल्म हातमा लग्यो भने सम्झनुहोस् भाग्य चम्कियो । बलिउडमा महिनाको हरेक दोस्रो र चौथो शुक्रबार फिल्म रिलिज हुन्छन् । तर, तीन फिल्म कति हिट हुन्छन र कति फ्लप पनि ।

बलिउडमा प्रवेश गर्नेहरुलाई अर्को एउटा डर पनि हुन्छ । फिल्म लगातार फ्लप भएर हातमा फिल्म आउन छोडे भने आम्दानी बन्द हुने डर उनीहरुलाई हुन्छ ।

यही अवस्थामा बलिउडका यी स्टार अभिनयको दोकानका साथै बिजनेसमा पनि सक्रिय छन् । उनीहरु फिल्मको पर्दामा मात्र होइन बिजनेसमा पनि हिट छन् ।

१. शाहरुख खान

Related image

फिल्मका अलवा शारुखको आफ्नै प्रोडक्शन हाउस समेत छ । जो फिल्म बनाउने काम गर्छ । यसका साथै उनी आइपीएलमा कोलकत्ता नाइट राइडरका समेत मालिक हुन् ।

२. सलमान खान

Related image

त्यसो त सलमान आफैमा एक ब्राण्ड हुन् । तर, उनको पनि एक ब्राण्ड छ । त्यो ब्राण्डको नाम हो ह्युमन बिङ । च्यारेटीका लागि शुरु गरिएको यो ब्राण्डको दायरा विस्तारै बढ्न थाल्यो । अहिले भारतभरी यसको रिटेल स्टोर छ । ई–कर्मस वेवसाइटमा सलमानको ब्राण्ड हर विक्रिमा आफ्नो हिस्सा लिन्छ । सलमान यसको प्रमोशन जहाँ जतिखेर पनि गर्छन् । कुनै इभेन्टमा जानुपर्दा उनी यही ब्राण्डको लोगो अंकीत टिर्शट लगाउछन् ।

३. प्रीति जिन्टा

उनी बलिउडकी सबैभन्दा सफल बिजनेस वुमन हुन् । २००८ मा उनले आइपीएलमा किंग्स इलेवन पन्जाव किनेकी छन् । यसका साथै उनको एक प्रोडक्शन हाउस समेत छ । जुन मुम्बईबाट संचालित छ ।

४. सुष्मिता सेन

Related image

सुष्मिता पर्दामा भलै कम देखिन्छिन् । त्यसको कारण उनी आफ्नो बिजनेसमा धेरै व्यस्त हुन्छिन् । उनको दुबईमा एक ज्वेलरी छ । यसका साथै उनको प्रोडक्सन हाउस ‘तन्त्रा’ पछि छ । उनी मिस यूनिभर्सको प्रेन्चाइज एमसीको प्रमुख समेत हुन् ।

५. जोन अब्राहम

Related image

जोनको एक प्रोडक्शन हाउस छ । यसका साथै उनको एक जिम खान समेत छ । जुन भारतकै ठूलो जिमखाना भएको बताइन्छ ।

६. अजय देवगन

अजय फिल्ममा फोकस्ड गर्छन् । तर, उनको लगानी धेरै तिर छ । उनले रोहा ग्रुपमा लगानी गरेका छन् । यसका साथै गुजरातको सोला प्राजेक्टमा समेत उनको लगानी छ ।

७. करिश्मा कपूर

Related image

करिश्मा कपूर आफ्नो निजी जिवनको विषयमा केही दिन देखि चर्चामा छिन् । उनको दुरी फिल्मबाट बढेको छ । उनी एक ई कमर्श पोर्टलकी मालिक हुन् । यो पोर्टले माहिला र नवजात बच्चाहरुका लागि आवश्यक सामान बेच्ने गर्छ ।

८. सुनिल शेट्टी

सुनिल बलिउडका सफल बिजनेसम्यान हुन् । एक रेष्टुरेन्ट र प्रोडक्शन हाउसनका उनी मालिक हुन् । साथै सुनीलको बुटिक चेन मुम्बईमा चर्चित छ ।

९. शिल्पा शेट्टी

Related image

शिल्पा बिजनेसम्यानसँग विवाह गरेपछि पनि आफ्नै बिजनेस शुरु गरेकी छन् । शिल्पाको परफ्युम ब्राण्ड एस २ चर्चित छ । उनले केही कम्पनीहरुमा समेत शेयर हालेको बताइन्छ । एजेन्सी




तपाईको प्रतिक्रिया दिनुहोस