Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारआइसीसी विश्व क्रिकेट लिग डिभिजन टुका लागि नेपाली टोलीको घोषणा

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टुका लागि नेपाली टोलीको घोषणा


 दुई नयाँ अनुहारलाई स्वागत गर्दै आइसीसी विश्व क्रिकेट लिग डिभिजन टुका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

टोलीमा रोहितकुमार पहिलो पटक समेटिदा यस अघि टोलीमा परे पनि खेलमा उत्रन नपाएका अनिलकुमार शाह समेटिएका छन् ।

माघ २५ गतेदेखि नामिवियामा हुने प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको निगरानीमा १४ नियमित र ४ वैकल्पिक सहित १८ खेलाडीको चयन गरिएको हो ।

आईसीसी प्रतिनिधि अनिमुल इस्लामको संयोजकत्वमा राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित टिमले नेपाली टोलीको घोषणा गरेको हो ।

डिभिजन–२ खेल्ने नेपाली टोलीमा अनिल र रोहितबाहेक कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दिप लामिछाने, दीपेन्द्र सिंह ऐरी, दिलिप नाथ र ललित भण्डारी छन् । बैकल्पिक खेलाडीमा सुनील धमला, ललितनारायण राजवंशी, सिद्धान्त लोहनी र किशोर महतो छन् ।

नेपाली टिम शनिबार वैदेशिक प्रशिक्षणका लागि संयुक्त अरव इमिरेट्स (युुएई) प्रस्थान गर्नेछ । तीन अभ्यास खेलपछि नेपाली टोली युएईबाट नै नामिविया जानेछ ।

आगामी विश्वकप छनोटको अन्तिम अवसरका रुपमा रहेको डिभिजन–२ को शीर्ष दुुई स्थानमा पर्न सकेमा नेपालले विश्वकप छनोट खेल्न पाउनेछ । डिभिजन–२ मा नेपाल र नामिवियासहित युुएई, क्यानडा, ओमान र केन्या छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस