Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसरोजसँग प्रियंका र आश्माको यस्तो प्रेम (भिडियोसहित)

सरोजसँग प्रियंका र आश्माको यस्तो प्रेम (भिडियोसहित)


अहिलेकी चर्चित नायिका प्रियंका कार्कीको अभिनय रहेको ‘माछीले खाने खोलीको लेऊ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा नायिका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय रहेको छ। लामो समयपछि प्रियंका, आश्मा र सरोज एकसाथ एउटै म्युजिक भिडियोमा देखिएका हुन्।

यसअघि चलचित्र पुरानो डुंगा को ‘नीर जैले रिसाउने’ बोलको गीतमा उनीहरुले सँगै फिचरिङ थिए। सार्वजनिक भिडियोमा प्रियंका, आश्मा र सरोजको त्रिकोणात्मक प्रेमलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

कविराज गहतराजले कोरियोग्राफी रहेको भिडियोको छायांकन सुदिप बरालले गरेका छन्। मेलिना राई र सरोज ओलीको आवाजमा रहेको गीतमा बसन्त सापकोटाको संगीत छ र दिनेश थपलियाको शब्द छ।

गीत सार्वजनिक सँगै भिडियोको लागि कभर डान्स प्रतियोगिता पनि खुलेको छ। मार्च अन्तिमसम्म खुलेको प्रतियोगिताका विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने शुभ मिडिया होमले जानकारी दिएको छ। यसअघि आएको गीत ‘जता जता पिरतीको बाटो’को कभर डान्स प्रतियोगिताको विजेता पोखराको ‘क्रिस्टल क्लज डान्स ग्रुप’लाई १ लाख रुपैयाँ प्रदान गरिएको थियो।




तपाईको प्रतिक्रिया दिनुहोस