Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारसातवटा प्रदेशमा प्रमुख सचिव को को ?

सातवटा प्रदेशमा प्रमुख सचिव को को ?


सरकारले सातवटै प्रदेश सरकारका प्रमुख सचिव तोकेको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले यसअघि कार्यरत क्षेत्रीय प्रशासकलाई नै प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यालयको प्रमुख सचिव तोकेको हो ।

सरकारले प्रदेश नं १ को कायममुकायम प्रमुख सचिवको जिम्मेवारी कायममुकायम सचिव यादव कोइरालालाई दिएको छ । यस्तै प्रदेश नम्बर २ मा धनकुटामा क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, प्रदेश नम्बर ३ मा रेश्मीराज पाण्डे, प्रदेश नम्बर ४ मा लक्ष्मण अर्याल, प्रदेश नम्बर ५ नम्बरमा शंकर पाठक, प्रदेश नम्बर ६ मा सुरेश प्रधान र प्रदेश नम्बर ७ मा लक्ष्मीराज पौडेललाई प्रमुख सचिव तोकेको हो । गएको ३ गते सातै प्रदेशको अस्थायी राजधानी तोकेको सरकारले प्रदेश सरकारका प्रमुख सचिव पनि तोकेको हो ।

नियुक्त भएका प्रमुख सचिवले सातवटै प्रदेशको मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय एवं अन्य मन्त्रालय स्थापना गर्ने र प्रदेशको प्रारम्भिक व्यवस्थापन गर्नेछन् ।




तपाईको प्रतिक्रिया दिनुहोस