गृहपृष्ठ ∕ समाचार ∕ प्रहरीको सक्रियतापछि बेश्यावृत्ति गराउने १८ होटल/लज बन्द प्रहरीको सक्रियतापछि बेश्यावृत्ति गराउने १८ होटल/लज बन्द पुलेसो १५ माघ, २०७७, बिहीबार १२:४५ यौनधन्दा चलाउने होटलका संचालक तथा कर्मचारीहरुलाई प्रहरीले पक्राउ गर्न थालेपछि झापाको बिर्तामोड क्षेत्रका १८ वटा होटल,लज तथा खाजा घरहरु बन्द भएका छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडले पछिल्लो तीन महिनामा बेश्यावृत्तिको आरोपमा ७० जनालाई पक्राउ गरी मुद्दा दायर गरिसकेको छ।प्रहरीको सक्रियताप्रति बेश्यावृत्ति धन्दा चलाएरै संचालन भएका होटल तथा लजहरु बन्द भएका हुन्। बुधबार बिर्तामोडमा आयोजित कार्यक्रममा बिर्तामोडका धेरै होटल तथा लजहरुमा बेश्यावृत्ति हुने गरेको डिएसपी कृष्णप्रसाद कोइरालाले बताए।प्रहरीले कडाई गरेपछि सहरी क्षेत्रका होटलहरु बन्द भएको र उनीहरु ग्रामिण क्षेत्रमा घर भाडामा लिएर यस्तो गतिविधिमा लागेको प्रहरीले जनाएको छ। ग्रामिण क्षेत्रहरुमा पनि प्रहरीले निगरानी बढाएको छ। तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका