Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारऔषधि खर्च नभएको भन्दै ६ महिनाकी छोरीको परित्याग

औषधि खर्च नभएको भन्दै ६ महिनाकी छोरीको परित्याग


चीनमा छारेरोग भएकी ६ महिनाकी छोरीलाई उपचार गराउनै पैसा नभएपछि आमाबाबुले अलपत्र अवस्थामा छाडिदिएका छन् ।
सिंगापुरबाट प्रकाशित हुने अंग्रेजी पत्रिका द स्ट्रेट टाइम्सको अनलाइन संस्करणअनुसार चीनको गुवाङदोङ प्रान्तमा एउटा हस्तलिखित पत्रसहित फेङसान पार्कमा छाडिएकी शिशुलाई प्रहरीले शनिवार फेला पारेको हो ।

छारेरोग लागेकी छोरीलाई दिनहुँ औषधि खुवाउन पर्ने र आफूहरूले औषधि खर्च जुटाउन नसक्ने हुनाले पार्कमा छाडिदिएको पत्रमा लेखिएको छ । आफूले राखेमा औषधि नपाएरै मर्ने हुनाले माया लाग्लालाग्दै पनि छाड्नुपरेको तर्क आमाबाबुले दिएका छन् । ‘सबै आमाबाबुलाई आफ्नो सन्तानको माया लाग्छ र यो स्वार्थी हुनु हो अनि मैले जे गरेको छु अरूले यसलाई बुझ्लान् भन्ने पनि मैले ठानेको छैन । तर । ऊ (छोरी) राम्ररी हुर्केली भन्ने आशा भने छ ।’

पत्रमा लेखिएको छ – ‘ सकेदेखि ऊसँग कुराकानी गर्नुस्, खेल्नुस् । हामी रिन यो अर्को जुनीमा तिरौँला ।’
बालिकाको स्थानीय अस्पतालमा उपचार भइरहेको र प्रहरीले आमाबाबुलाई खोजी गरिरहेको स्थानीय सञ्चार माध्यममा जनाइएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस