Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारशहीद सप्ताहको अवसरमा १ सय ९० जना शहीदको सूची सार्वजनिक

शहीद सप्ताहको अवसरमा १ सय ९० जना शहीदको सूची सार्वजनिक


सरकारले १ सय ९० जना शहीदको सूची सार्वजनिक गरेको छ । शहीद सप्ताहको अवसर पारेर गृह मन्त्रालयले मंगलबार शहीदको विवरण सार्वजनिक गरेको हो ।

 

गृह मन्त्रालय सार्वजनिक गरेको सूची राणा शासन अन्त्यका लागि ज्यानको आहूती दिएका ४ शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द ठाकुर र गंगालाल श्रेष्ठ बाहेकको हो । प्रजातन्त्रको माग राख्दै विसं १९९७ सालमा ज्यानको आहूती दिने ४ शहीदको सम्झनमा हरेक वर्ष माघ १० गते देखि १६ गते सम्म शहीद सप्ताह मनाइदै आएको छ ।

 

माघ ३ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय अनुसार गृह मन्त्रालयले विभिन्न राजनीतिक आन्दोलनका क्रममा ज्यान गुमाएर शहीद घोषणा गरिएका व्यक्तिको सूची सार्वजनिक गरिएको जनाएको छ । गृह मन्त्रालयको विवरण अनुसार शहीदको सूचीमा परेकामा राणा शासन र पञ्चायती व्यवस्था तथा २०४६, २०६२- ६३, मधेस आन्दोलन लगायतमा सरकार र अन्य पक्षबाट मारिएका व्यक्ति समेत अटाएका छन् ।

 

शहीद घोषणा गरिएका सबैका परिवारलाई पछिल्लो १० वर्षयता १० लाख रुपैयाँ आर्थिक सहायता समेत वितरण गरिएको छ । शहीद घोषित गरिएका मृतकका परिवारलाई यो अवधिमा १९ करोड रुपैयाँ राहत दिइएको छ । न्यूज २४

 




तपाईको प्रतिक्रिया दिनुहोस