Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार२ लाख ६० हजार तिब्बती नागरिकलाई गरिबीबाट मुक्त

२ लाख ६० हजार तिब्बती नागरिकलाई गरिबीबाट मुक्त


चीनको दक्षिणपूर्वमा पर्ने तिब्बत स्वशासित क्षेत्रका २ लाख ६० हजार तिब्बती नागरिकलाई गरिबीबाट मुक्त गरिएको छ । गत २ वर्षको अवधिमा उनीहरूलाई गरिबीबाट मुक्त गरिएको क्षेत्रीय सरकारका प्रमुख किझालाले जानकारी दिएका हुन् ।

 

सन् २०१५ को अन्त्यसम्ममा ५ लाख ९० हजार नागरिक गरिबीको रेखामुनि रहेकोमा सन् २०१७ को अन्त्यमा ३ लाख ३० हजार जना मात्रै गरिबीको रेखामुनि रहेका छन् । वार्षिक प्रतिव्यक्ति आय ३४८ अमेरिकी डलर पुगेपछि उनीहरूलाई गरिबीबाट मुक्त भएको मानिने मापदण्ड बनाइएको छ । सरकार प्रमुख किझालाले भने, ‘सरकारले यस क्षेत्रमा गरिबीविरुद्धको अभियानका लागि धेरै नै बजेट छुट्याएको छ भने विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरेको छ ।’

 

तिब्बतले आगामी सन् २०१८ मा १ लाख ४० हजार नागरिकलाई गरिबीबाट मुक्त गराउने प्रतिज्ञा गरेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । तिब्बत क्षेत्रको कुल जनसंख्या ३२ लाख रहेको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस