Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार५६ सिटका लागि हुने निर्वाचनमा ८३ जनाको उम्मेदवार, २१ सिटका लागि २६ महिला मैदानमा

५६ सिटका लागि हुने निर्वाचनमा ८३ जनाको उम्मेदवार, २१ सिटका लागि २६ महिला मैदानमा


२४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सात प्रदेशमा नौ दलका ८३ जनाको उम्मेदवारी परेको छ । सातै प्रदेशमा गरी ५६ सिटका लागि हुने निर्वाचनमा ८३ जनाको उम्मेदवारी परेको हो ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सातै प्रदेशमा गरी ५६ सिटका लागि हुने निर्वाचनमा नौ दलका ८३ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको बताए ।

‘सातै प्रदेशमा गरी ५६ सिटका लागि हुने निर्वाचनमा नौ दलका ५६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ, सबै उम्मेदवारले सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गरेका छन्,’ प्रवक्ता ढकालले  भने ।

उम्मेदवारी दर्ता भएका मध्ये प्रदेश १, २, ५ र ७ मा १७ जना निर्विरोध भएका छन् भने अब बाँकी ३९ सिटका लागि निर्वाचन हुनेछ । कुल ८३ जनाको उम्मेदवारी दर्ता हुँदा सातै प्रदेशमा गरी २१ सिटका लागि हुने महिला समूहको निर्वाचनका लागि २६ जनाले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय सभाका लागि प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांग वा अल्पसंख्यकका साथै तीन जना खुला प्रतिस्पर्धाबाट गरी कुल आठ जना राष्ट्रिय सभा सदस्य हुने संवैधानिक प्रावधान छ ।

प्रदेश १ मा चार दलका १२ उम्मेदवार
निर्वाचनका लागि प्रदेश १ मा १२ जनाको उम्मेदवारी परेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाको गरी चार दलका १२ जनाको उम्मेदवारी दर्ता भएको हो ।

कांग्रेसले प्रदेश १ का लागि एक महिला, एक अन्य समूह, एक दलित समूह र एक अपांग अल्पसंख्यक समूह गरी जम्मा चार सिटमा उम्मेदवारी दिएको छ । एमालेले एक महिला, तीन अन्य, एक दलित, र एक अपांग अल्पसंख्यकका लागि गरी ६ जनाको उम्मेदवारी दिएको हो । यस्तै माओवादी केन्द्रले प्रदेश १ मा महिला समूहमा मात्रै एक जनाको उम्मेदवारी दिएको छ भने राप्रपाले समेत अपांग अल्पसंख्यक समूहमा एक जनाको उम्मेदवारी दिएको छ ।

प्रदेश २ मा ६ दलका नौ उम्मेदवार
प्रदेश २ मा नौ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश २ मा कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा, नेपाल संघीय समाजवादी पार्टी गरी ६ दलका नौ उम्मेदवारले उम्मेदवारी दर्ता गरेका हुन् ।

कांग्रेसले प्रदेश २ का लागि एक महिला र एक अन्य समूह गरी जम्मा दुई जनाको उम्मेदवारी दर्ता गरेको छ । यस्तै नेकपा एमालेले अन्य समूहमा एक जना र माओवादी केन्द्रले महिला समूहमा एक जनाको मात्र उम्मेदवारी दर्ता गराएका छन् । संघीय समाजवादी फोरमले महिला समूहमा एक र दलित समूहमा एक गरी दुई राजपाले अन्य समूहमा एक र अपांग अल्पसंख्यक समूहमा एक गरी दुई सिटका लागि उम्मेदवारी दर्ता गरेको छ भने नेपाल संघीय समाजवादी पार्टीले सोही प्रदेशमा अन्य समूहमा एक जनाको उम्मेदवारी दिएको छ ।

प्रदेश ३ मा पाँच दलका १७ उम्मेदवार
प्रदेश ३ मा १७ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश ३ मा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र नेपाल मजदुर किसान पार्टी गरी पाँच दलका १७ जनाको उम्मेदवारी परेको हो ।

कांग्रेसले प्रदेश ३ का लागि एक महिला, एक अन्य समूह, एक दलित समूह र एक अपांग अल्पसंख्यक समूह गरी चार जनाको उम्मेदवारी दर्ता गरेको छ । यस्तै नेकपा एमालेले महिला समूहमा दुई जना, अन्यमा दुई जना, दलित समूहमा एक जना अपांग, अल्पसंख्यक एक जना गरी जम्मा ६ जनाको उम्मेदवारी दर्ता गरेको छ ।

माओवादी केन्द्रबाट महिला समूहमा एक जना र अन्यमा एक जना गरी दुई जनाको उम्मेदवारी परेको छ भने राप्रपाबाट महिला समूहमा एक जनाको उम्मेदवारी परेको छ । यस्तै नेमकिपाको समेत प्रदेश ३ मा महिला समूहमा एक, अन्यमा एक र दलित समूहमा एक जना र अपांग अल्पसंख्यकमा एक गरी चार जनाको उम्मेदवारी परेको छ ।

प्रदेश ४ मा चार दलका १२ उम्मेदवार
प्रदेश ४ मा चार दलका १२ जनाले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश ४ मा कांग्रेस, एमाले, माओवादी केन्द्र र जनमोर्चाले गरी चार दलले १२ उम्मेदवार मैदानमा पठाएका हुन् ।
कांग्रेसले प्रदेश ४ का लागि एक महिला, एक अन्य समूह, एक दलित समूह र एक अपांग अल्पसंख्यक समूह गरी चार जनाको उम्मेदवारी दर्ता गरेको छ ।
यस्तै नेकपा एमालेले महिला समूहमा दुई जना, अन्यमा एक जना र अपांग अल्पसंख्यक एक जना गरी जम्मा चार जनाको उम्मेदवारी दर्ता गरेको छ ।
माओवादी केन्द्रबाट अन्यमा एक र एक दलित गरी दुई जनाको उम्मेदवारी परेको छ भने जनमोर्चाबाट महिलामा एक र अन्यमा एक गरी दुई जनाको उम्मेदवारी परेको छ ।

प्रदेश ५ मा चार दलका ११ उम्मेदवार
प्रदेश ५ मा चार दलका ११ जनाले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश ४ मा कांग्रेस, एमाले, माओवादी केन्द्र र जनमोर्चा गरी चार दलका ११ उम्मेदवारको उम्मेदवारी परेको हो ।
कांग्रेसले प्रदेश ५ मा एक महिला, एक अन्य समूह, एक दलित समूह र एक अपांग अल्पसंख्यक समूह गरी चार जनाको उम्मेदवारी दर्ता गरेको छ ।
यस्तै नेकपा एमालेले महिला समूहमा दुई जना, अन्यमा एक जना र दलित एक जना गरी जम्मा चार जनाको उम्मेदवारी दर्ता गरेको छ ।
माओवादी केन्द्रबाट अन्यमा एक र अपांग अल्पसंख्यकमा एक गरी दुई जनाको उम्मेदवारी परेको छ भने जनमोर्चाबाट अन्य समूहमा एक जनाको मात्र उम्मेदवारी दर्ता भएको छ ।

प्रदेश ६ मा तीन दलका १२ उम्मेदवार
प्रदेश ६ मा तीन मुख्य दलका १२ जनाले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश ६ मा कांग्रेस, एमाले, माओवादी केन्द्रबाट मात्रै उम्मेदवारी दर्ता भएको हो ।
कांग्रेसले प्रदेश ६ मा सबै समूहमा गरी चार जनाको उम्मेदवारी दर्ता गरेको छ । यस्तै एमालेले महिलामा दुई, अन्यमा दुई र दलित समूहमा एक जना गरी पाँच जनाको उम्मेदवारी दर्ता गरेको छ । माओवादी केन्द्रले भने महिलामा एक, अन्यमा एक र अपांगतर्फ एक जना गरी तीनको उम्मेदवारी दर्ता
गरेको छ ।

प्रदेश ७ मा तीन दलका १० उम्मेदवार
प्रदेश ७ मा पनि तीन मुख्य दलका १० जनाले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश ७ मा कांग्रेस, एमाले, माओवादी केन्द्रबाट मात्रै उम्मेदवारी दर्ता भएको हो ।
कांग्रेसले प्रदेश ७ मा सबै समूहमा गरी चार जनाको उम्मेदवारी दर्ता गरेको छ । यस्तै एमालेले महिलामा दुई, अन्यमा एक र दलित समूहमा एक जना गरी चार जनाको उम्मेदवारी दर्ता गरेको छ । माओवादी केन्द्रले भने अन्यमा एक र अपांगतर्फ एक गरी दुई जनाको उम्मेदवारी दर्ता गरेको छ ।राजधानी




तपाईको प्रतिक्रिया दिनुहोस