सिद्धकालीमा धर्मशालाको शिलान्यास
पुलेसो १५ माघ, २०७७, बिहीबार ८:१३
नेपालकै चर्चित चैनपुरको शक्तिपीठ सिद्धकाली मन्दिर परिसरमा निर्माण हुने पक्की ट्रससहितको एक तले धर्मशालाको शिलान्यास गरिएको छ ।
चैनपुर नगरपालिका वडा नं ६ निवासी स्व. सिंहमान श्रेष्ठको सम्झनामा उहाँका परिवारजनको सक्रियतामा निर्माण गरिने उक्त धर्मशालाको चैनपुर नगरपालिकाका प्रमुख एवं सिद्धकाली मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष भरतकुमार खत्रीले बुधबार शिलान्यास गर्नुभयो ।
करिब रु आठ लाखको लागतमा धर्मशाला निर्माण गर्न लागिएको चैनपुर नपा वडा नं ३ का वडाध्यक्ष बलबहादुर अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार स्व. श्रेष्ठको सम्झनामा उहाँका छोरा दिलीपसिंह र श्रीमती जया तथा चन्द्रशेखर श्रेष्ठको छोरा रविको संयुक्त लगानीमा धर्मशाला निर्माण गर्न लागिएको हो ।
तीन महिनाभित्र धर्मशाला निर्माण गरिसक्ने लक्ष्य राखिएको मन्दिर संरक्षण तथा संवद्र्धन समितिले जनाएको छ । धर्मशाला निर्माणसँगै मन्दिरमा तीर्थ व्रत गर्न आउने भक्तजनलाई सहज हुने मन्दिरका पुजारी टंकनाथ महन्तले बताउनुभयो ।
चैनपुर नगरपालिका क्षेत्रभित्र ४६ जना बालविकास सहयोगी कार्यकर्ता कार्यरत रहेको सो संस्थाका सचिव चेतना भट्टराईले जानकारी दिनुभयो ।