Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनवजात शिशुले तिव्र श्वास लिनु निमोनियाको संकेत

नवजात शिशुले तिव्र श्वास लिनु निमोनियाको संकेत


नवजातशिशुको श्वासप्रश्वास एक मिनेटमा ६० पटक भन्दा बढी चलिरहेको छ भने सचेत भइहाल्नुहोस् । किनकी यो निमोनियाको संकेत हुन सक्छ । जसमा नवजातशिशुको श्वासप्रश्वास छिटोछिटो भइरहे पनि परिवारका सदस्यले वेवास्ता गर्ने गरेको छन ।

ढिलोगरी अस्पताल ल्याउँदा शिशुको ज्यन नै जोखिममा पर्ने चिकित्सकहरू बताउँछन । लक्षण पहिचान गरौं —नवजात शिशुको नाकको चुच्चो भाग, ओठ वा हात र खुट्टा निलो देखिन थाल्छ ।

—शिशुले दुध खान छोड्छ ।

—शिशु अचानक सुस्त हुन थाल्छ ।

—शिशुको दिसा, पिसाब वा नाकबाट रगत आउछ ।

—धेरै ज्वरो हुनु र शरीरको तापक्रम कम नहुनु ।

—शरीर चिसो हुने वा शिशुलाई झट्का आइरहनु ।

—पेट फुल्नु र बान्ता गरिरहनु ।

—पैताला, हात पहेँलो हुने ।

ध्यानदिनु पर्ने कुराहरू

—शिशुको कोठा सँधै सफा हुनुपर्छ ।

—आमाको दूध र सही समयमा खोप लगाउने ।

—शिशुलाई पटकपटक छोइ राख्नु हुँदैन र बाहिरबाट आएपछि हात धोएर मात्रै छुने वा काखमा लिने ।

—बिरामी वा संक्रमित व्यक्तिबाट नवजात शिशुलाई टाँढै राख्ने ।

चिकित्सकको सुझाब बालरोग विशेषज्ञ डा. सूर्यनारायण यादवले निमोनियाको खतरा २ महिना भन्दा बढीको शिशुमा पनि हुनसक्ने बताए । तर, २ महिनादेखि १ वर्ष सम्मका बच्चाको श्वास प्रत्येक मिनेट ५० पटक भन्दा बढी चलिरहेको छ भने तुरुन्त डाक्टरसँग सल्लाह गरिहाल्नु पर्छ । यदि बच्चा १ वर्ष देखि ५ वर्षसम्मको छ र उसको श्वास प्रत्येक मिनेटमा ४० पटक भन्दा बढी चलिरहेको छ भने सावधान हुनु आवश्यक छ ।

नवजात शिशु बिरामी हुनु, ठूलो बच्चा वा वयस्क बिरामी हुनु भन्दा बढी खतरनाक हुन्छ । किनकी नवजात शिशुको इम्यून सिस्टम (रोगसँग लड्ने क्षमता) ठूलो मानिस वा बच्चाको तुलनामा निकै कमजोर हुन्छ । जन्मनासाथको शिशु एक यस्तो वातावरणमा आउँछ जहाँ चारैतर्फ विभिन्न किसिमका किटाणु, ब्याक्टेरिया, भाइरस, फंगस हुन्छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस