Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारश्वेता खड्काको कान्छी चलचित्रले दर्शकको मन जित्ने

श्वेता खड्काको कान्छी चलचित्रले दर्शकको मन जित्ने


चलचित्र कान्छी आगामी फागुन पहिलो सातादेखि चल्ने भएको छ । चलचित्र कान्छी अन्य चलचित्रभन्दा फरक रहेको निर्माण पक्षले जनाएको हो ।

अभिनेत्री श्वेता खड्काको निर्माण एवं अभिनय रहेको प्रतिक्षित चलचित्र ‘कान्छी’ को ट्रेलर सार्बजनिक गरिएको छ । दरबारमार्गस्थित क्युज सिनेमामा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । यसअघि सार्बजनिक दुई गीतले झैँ ट्रेलरले पनि दर्शकको मन जित्नेमा निर्माण पक्ष आशावादी रहेको छ । आकाश अधिकारी निर्देशित चलचित्रमा दयाहाङ राई, स्वेता खड्का, अनु शाह, कामेश्वर चौरसिया, बिनोद न्यौपाने, भूमिका श्रेष्ठ, आशान्त शर्मा, प्रज्वल सुजल गिरी लगायतको फिल्ममा मुख्य भुमिका रहेको निर्माण पक्षले जनाएको छ ।

 

चलचित्रमा संगीत अर्जुन पोखरेलको, कोरियोग्राफी बसन्त श्रेष्ठको र एक्शन हिमाल केसीको रहेको छ भने चलचित्रलाई पुरुषोत्तम प्रधानले क्यामेरामा कैद गरेका थिए । आगामी फागुन ४ गते चलचित्र कान्छीलाई प्रदर्शनमा ल्याउने निर्माण पक्षले जनाएको छ । मुस्ताङका पर्यटकिय दृश्यहरुलाई समावेश गरिएको यस चलचित्र कान्छीले उत्कृष्ट कारोबार गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस