Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रदेश ३ मा एमालेबाट उम्मेदवारी दर्ता

प्रदेश ३ मा एमालेबाट उम्मेदवारी दर्ता


माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज ७ वटै प्रदेशमा उम्मेदवारी दर्ता भइरहेको छ।

प्रदेश नम्बर ३ का लागि निर्वाचन अधिकृतको कार्यालय पाटनमा उम्मेदवारी दर्ता भइरहेको छ। उच्च अदालत रहेका स्थानमा तोकिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरिएको हो।

यहाँ केहीबेरअघि नेकपा एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन्। आयोगले उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ धरौटी तोकेको छ।

प्रदेश ३ मा एमालेबाट पार्वती रावल, उदया शर्मा, सिंहबहादुर विक, बलराम बास्कोटा, बेदुराम भुसाल र रामचन्द्र दनुवार उम्मेदवार रहेका छन्।




तपाईको प्रतिक्रिया दिनुहोस