गृहपृष्ठ ∕
समाचार ∕
नेप्सेमा सामान्य सुधार शुुन्य दसमलव पाँच अंकले वृद्धि नेप्सेमा सामान्य सुधार शुुन्य दसमलव पाँच अंकले वृद्धि
पुलेसो १४ माघ, २०७७, बुधबार १२:५३
साताको चौथौ कारोवार दिन नेप्सेमा सामान्य अंकले सुधार देखिएको छ । मध्यान्ह १२ बजेसम्म नेप्से शुुन्य दसमलव पाँच अंकले बढेको छ भने सेन्सिटिभ शुन्य दसमलव १८ अंकले बढेको छ ।
यसबिचमा कुुल ८७ वटा कम्पनीहरुको तीन सय ७७ वटा कारोवारमा तीन लाख ८९ हजार एक सय १९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम पाँच करोड आठ लाख ५५ हजार सात सय ५७ रुपैयाँ पुुगेको छ ।
मध्यान्हसम्म नौ वटा समुहको कारोवार र्भकोमा अन्य र लघुबित्त समुहको सुचक सामान्य अंकले बढेकाछन भने होटल समुहको सुचक स्थिर देखिएको छ ।यस बाहेक बाँणिज्य बैंक, बिकास बैंक, बीमा सहितका छ वटा समुहको सुचक भने घटेका छन् ।
ययसबिचमा खानीखोला हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य दुुई रुपैयाँ ७८ पैसाले बढेर एक सय ४८ रुपैयाँमा कारोवार भएको छ भने पुुर्णिमा बिकास बैकको सेयर मुल्य दुुई रुपैयाँ ४० पैसाले घटेर दुुई सय तीन रुपैयाँमा सेयर कारोवार भएको छ ।
नेपाल फाईनान्सको संस्थापक सेयरतर्फ भने मध्यान्हसम्म एक सय एक रुपैयाँ अन्तिम मुल्यमा तीन करोठड ५४ लाख ५५ हजार एक सय ४१ रुपैयाँको सेयर किनबेच भएको छ ।