Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचाररिलायबल माइक्रोफाइनान्स २१ लाख ५५ हजार खराब कर्जा उठाउन सफल

रिलायबल माइक्रोफाइनान्स २१ लाख ५५ हजार खराब कर्जा उठाउन सफल


रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाले रू. २१ लाख ५५ हजार खराब कर्जा उठाउन सफल भएको छ । दास्रो त्रैमासिक वित्तीय विवरणमा यस्तो देखिएको हो ।

सोही अवधिमा कम्पनीको नाफा ३ प्रतिशतले बढेर रू. ७४ लाख ७० हजार पुगेको छ । सञ्चालन नाफा घटेकाले र ब्याज खर्च १ सय ५४ प्रतिशतले बढेकाले न्यून प्रतिशतले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी ७० प्रतिशतले बढेर रू. ९ करोड ६० लाख र रिजर्भ कोषमा २८ प्रतिशतले बढेर रू. २ करोड २३ लाख पुगेको छ ।

कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. २१ लाख २० हजार छुट्याएको छ भने निष्क्रिय कर्जा १ दशमलव ३० प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी (वार्षिक) १५ दशमलव ५६, मूल्य आम्दानी अनुपात १ सय दशमलव २८, तरलता अनुपात १८ दशमलव ४१ र प्रतिशेयर नेटवर्थ रू. १ सय २३ दशमलव २८ रहेको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस