Techie IT
×
१ वैशाख, २०७८, बुधबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारअलास्कामा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, खतरनाक सुनामीको चेतावनी

अलास्कामा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, खतरनाक सुनामीको चेतावनी


उत्तर अमेरिकी राज्य अलास्कामा मङ्गलबार ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्विक विभाग (यूएसजिएस)ले भूकम्पका कारण सुनामी आउनसक्ने बताउँदै अमेरिकाको पश्चिमी सामुद्रिक क्षेत्र तथा हवाइ क्षेत्रका सुनामीको सम्भावित प्रभावबाट जोगिन नागरिकलाई विशेष साबधानी अपनाउन भनेको छ ।

अलास्काको कोडियक क्षेत्रबाट ३०० किलोमिटर दक्षिणपूर्वमा सामुद्रिक सतहबाट करिब १० किलोमिटर गहिराइमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको विभागले जनाएको छ ।

उत्तरपश्चिमी प्यासिफिक सुनामी सचेतना केन्द्रले पनि भूकम्पपछिको प्रारम्भिक अनुसन्धानपछि भूकम्प प्रभावित क्षेत्रमा ‘खतरनाक तथा विशाल सुनामीका छाल’ आउने बताएको छ ।

उक्त क्षेत्रका नागरिकलाई जमिनका अग्ला सतहमा गई शरण लिन निर्देशनसमेत गरिएको छ ।

यद्यपि भूकम्पका कारण भएका ठूला क्षतिको विवरण भने समाचार तयार पार्दासम्म प्राप्त भएका छैनन् ।रासस




तपाईको प्रतिक्रिया दिनुहोस