Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार२०१८ का लागि ‘मिस नेपाल’को आवेदन खुल्ला

२०१८ का लागि ‘मिस नेपाल’को आवेदन खुल्ला


सन् २०१८ का लागि ‘मिस नेपाल’को नयाँ श्रृङ्खलाको आवेदन खुल्ला गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरी चार विलक्षण प्रतिभाशाली यूवतीहरुको चयन गर्ने उद्देश्यका साथ सन् २०१८ को ‘मिस नेपाल’ आयोजनाको घोषणा गरिएको हो । यो बर्ष ‘मिस वल्र्ड नेपाल, मिस यूनिभर्स नेपाल, मिस अर्थ नेपाल र मिस इन्टरनेशनल नेपाल’ चयन गरिनेछ ।

चार जना यूवतीहरु ‘मिस वल्र्ड, मिसन यूनिभर्स, मिस अर्थ र मिस इन्टरनेशनल’मा सहभागी हुनेछन् । द हिडेन ट्रेजर ‘मिस नेपाल २०१८’को मुख्य प्रायोजन रुसलान एफले गर्नेछ ।

यो बर्ष नेपालका विभिन्न ८ शहरहरुमा ‘मिस नेपाल’को अडिसन गरिनेछ । विरगञ्ज, विर्तामोड, धनगढी, धरान, चितवन, पोखरा, बुटवल, नेपालगञ्जमा अडिसन हुनेछ ।

अडिसनबाट छनोट भएका अन्तिम प्रतिस्पर्धीलाई ७ हप्ता प्रशिक्षण दिइनेछ । उमेरको हकमा १९ बर्षदेखि २५ बर्षसम्मका यूवतीले फ्रेवुअरी १५, २०१८ सम्म आवदेन सक्नेछन् । बिहे नगरेका, बिबाहको बचन नदिएका, नेपाली नागरिकता र पासपोर्ट भएकाले आवेदन दिन सक्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । यो शर्त लागू भएको खण्डमा एनआरएनले पनि आवेदन दिन सक्नेछन् ।तपाईको खबर 

 




तपाईको प्रतिक्रिया दिनुहोस