Techie IT
×
३ वैशाख, २०७८, शुक्रबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारव्यापारिक तथा पर्यटन महोत्सव गर्दै दाङ जिल्ला उवासङ्घ

व्यापारिक तथा पर्यटन महोत्सव गर्दै दाङ जिल्ला उवासङ्घ


दाङ जिल्ला उद्योग वाणिज्य सङ्घले फागुनमा ‘दाङ व्यापारिक कृषि एवम् पर्यटन महोत्सव तथा प्रदेश स्तरीय औद्योगिक कृषि प्रदर्शनी’ गर्ने भएको छ । जिल्लाको सदरमुकाम घोराहीमा फागुन ३ देखि १३ गतेसम्म महोत्सव सञ्चालन गर्ने सङ्घले मङ्गलवार घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

महोत्सवले समग्र प्रदेशको विकासमा सहयोग पुर्‍याउने मूल आयोजक समितिका संयोजक एवम् सङ्घका अध्यक्ष नारायण भुसालले बताए । महोत्सवमा दाङसहित प्रदेश पाँचका सबै क्षेत्रका कृषि, व्यापार, पर्यटनलगायत स्टल रहनेछन् ।

महोत्सवले यस क्षेत्रको पर्यटनको विकास गर्नुका साथै कृषि, व्यापारलगायत विषयमा अझ नयाँ नयाँ अनुभव र अनुभूतिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकले बताएको छ । महोत्सव अवधिभर करीब ५ लाख दर्शकले महोत्सव अवलोकन गर्ने र २० करोड रुपैयाँबराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको संयोजक भुसालले बताए । महोत्सव घोराहीस्थित कृषि सामग्री कम्पनीको मैदानमा सञ्चालन हुनेछ ।

नारायणपुर महोत्सवको स्टल बुकिङ खुला
दाङकै नारायणपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी शुक्रवारदेखि २३ गतेसम्म सञ्चालन हुने व्यापारिक कृषि तथा पर्यटन महोत्सवका लागि स्टल बुकिङ खुला गरिएको छ । आयोजक समितिले मङ्गलवारदेखि नै स्टल बुकिङ खुला गरेको बताएको छ । महोत्सवमा २ सयभन्दा बढी स्टल राखिनेछन् ।




तपाईको प्रतिक्रिया दिनुहोस