गृहपृष्ठ ∕ समाचार ∕ आजदेखि शहीद सप्ताह सुरु आजदेखि शहीद सप्ताह सुरु पुलेसो १४ माघ, २०७७, बुधबार १०:५३ शहीद सप्ताह आजदेखि सुरु हुँदैछ । हरेक वर्ष मनाउदै आएको शहीद सप्ताहको पहिलो दिन बुधबार टेकुको खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको ठाउँमा श्रद्धाञ्जली सभा आयोजना भएको छ । उक्त सभामा काठमाडौंका मेयर विद्यासुन्दर मल्ल लगायतको उपस्थिती थियो । त्यस्तै माघ १३ गते बिहान ८ बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा, १५ गते बिहान ८ बजे गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ । माघ १६ गते सहिद दिवसका दिन, बिहान साढे आठ बजे रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी हुनेछ । तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौं उपत्यकामा ५१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि२४ घण्टामा थप १ हजार १७० जनामा…कोभिड–१९ का वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि…बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन… धेरै पढिएका