Techie IT
×
२ वैशाख, २०७८, बिहीबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकतै वर्षा, कतै हिउँ, कतै असिना:काठमाडौँ र मनाङको फोटो फिचर

कतै वर्षा, कतै हिउँ, कतै असिना:काठमाडौँ र मनाङको फोटो फिचर


देशका अधिकांश भूभागमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। कतिपय जिल्लामा हिउँ तथा वर्षासँगै असिना परेको प्रारम्भिक सूचना आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसम विज्ञ विभूति पोखरेलका अनुसार यो वर्षा अन्त्यसँगै तापक्रम बिस्तारै बढ्नेछ। ‘अब एक दुई दिनपछि बिस्तारै तापक्रम बढ्छ’, पोखरेलले भनिन्, ‘यसको नेचर (प्रकृति) कस्तो हुन्छ हेर्नुपर्ने हुन्छ।

राजधानी काठमाडौंका सडकमा मानिसहरू लामो समयपछि छाता ओढेर हिँडेको देखिएको छ। काठमाडौंको आकाश धुम्म छ।

विश्वविख्यात राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गतको हिमालपारीको जिल्ला मनाङमा यसबर्ष पहिलो पटक हिमपात परेको छ । मनाङमा बुधबार रातीदेखि नै हिमपात पर्न थालेको हो ।

सामान्य बर्षासँगै परेको हिमपातका कारण मनाङमा ह्वातै चिसो बढेको छ । माथिल्लो मनाङका ७ वटै गाउँमा हिउँ परेको मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताउनुभयो । उहाँले पर्यटकहरु पदमार्गमा मज्जा लिएर हिंडेको बताउनुुभयो । भारी हिमपात नपरेका कारण पर्यटकलाई कुनै समस्या नभएको मनाङका कर्मचारी सन्जिव चौधरीको भनाई छ । माथिल्लो मनाङको चारवटै गाउँपालिकामा हिमपात परेको छ । माथिल्लो मनाङका गाउँहरुमा साँढे १ फिटसम्म हिउँ जमेको स्थानीयवासिन्दाले वताएका छन् । मनाङमा गतबर्षहरुको तुलनामा यस बर्ष ढिलागरी हिमपात भएको हो । हिमपात भएपनि पर्यटकलाई खासै प्रभाव पारेको छैन् । उल्टै पर्यटकहरु हिउँ खेल्दै आ-आफ्नै गन्तव्यतिर लागेका स्थानियहरु बताउँछन् ।

थोराङपास गर्न हिँडेका केही पर्यटकहरु पदमार्गका विभिन्न स्थानमा हिउँ खेलेका थिए भने केही पर्यटकहरु क्यामारामा तस्बिर कैद गर्न ब्यस्त रहेको स्थानिय बताउँछन् । भारी हिमपात नपाएका कारण पर्यटकलाई समस्या छैन । माथिल्लो क्षेत्रबाट डाँडाकाँडा हुँदै सदरमुकाममा पनि हिउँ पर्न थालेको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस