Techie IT
×
३१ चैत्र, २०७७, मंगलबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारविद्यार्थीलाई जेल सजायको विरोध

विद्यार्थीलाई जेल सजायको विरोध


इजिप्टको हाल प्रतिबन्धित राजनीतिक दल मुिस्लम ब्रदरहुडलाई सहयोग गरेको अभियोगमा इजिप्टको एक अदालतले १९ जना विद्यार्थीलाई पाँच वर्षको जेल सजाय सुनाएकोमा अधिकारवादीले त्यसको विरोध गरेका छन् । ती विद्यार्थी इस्लाम केन्द्रित अल अजार विश्वविद्यालयका हुन् । उनीहरूलाई सो अदालतले गत साता मात्र यस्तो फैसला  सुनाएको हो ।

इजिप्टको सरकारी समाचार संस्था मेनाले अल अजार विश्वविद्यालय नै इजिप्टका अपदस्थ पूर्वइस्लामी राष्ट्रपति मोहमद मोर्सीसँग सम्बन्धित रहेको जनाएको छ । वर्तमान सरकारले सो विश्वविद्यालयलाई प्रतिबन्धित गरेको थियो । ती विद्यार्थीहरूले सो प्रतिबन्धित विश्वविद्यालयबाट मोर्सीको पार्टीलाई समर्थन गर्ने काम गरेको आरोप सो अदालतको छ ।

इजिप्टका मानव अधिकारवादीले सो विश्वविद्यालयका विद्यार्थीलाई शान्तिपूर्ण रूपमा विरोध गरेको आरोपमा यसरी वर्षौंको जेल सजाय सुनाउनु न्यायसंगत नभएको र उनीहरूको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हनन भएको बताएका छन् ।

यस्तै अर्को एक मुद्दामा पनि गिजा अपराध अदालतले गत महिना थप सात जनालाई तीन वर्ष जेल सजायको फैसला सुनाएको थियो । यी विद्यार्थीको मुद्दा भने पुनरावेदन अदालतको सन् २०१५ को फैसलालाई सदर गरिएको हो । यो नै अन्तिम फैसला गरिएको हो । इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलाई सन् २०१३ को जुलाईमा अपदस्थ गरिएको थियो । त्यस समयमा उनको समर्थनमा आमप्रदर्शन भएका थिए । उनको पक्षमा गरिएका भनिएका यी प्रदर्शनबारे पछिसम्म नै सरकारले खोजी गरिरहेको छ ।

नेता मोर्सीको पक्षमा रहेको ब्रदरहुड समूहलाई आतंकवादी समूहका रूपमा प्रतिबन्धसमेत गरिएको थियो । उनी अहिले पनि जेलमा रहेका छन् । सो समयमा भएका प्रदर्शनका क्रममा सुरक्षाकर्मीसँग भएको झडपमा परी १००औंको मृत्यु भएको थियो भने हजारौं गिरफ्तार भएका थिए । तीमध्ये कतिपय अहिले पनि जेलमा रहेका छन् ।




तपाईको प्रतिक्रिया दिनुहोस