Techie IT
×
५ वैशाख, २०७८, आईतबार
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रदेश नं ७ मा मुख्यमन्त्री एमाले वा माओवादी कसलाई दिने

प्रदेश नं ७ मा मुख्यमन्त्री एमाले वा माओवादी कसलाई दिने


प्रदेश नं ७ मा बहुमत कसैको नभएकाले सरकार गठनको लागि कम्तीमा पनि दुई दलीय गठबन्धनको आवश्यकता रहेको छ ।

 

प्रदेश ७ मा ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन चाहिने २७ सांसद कुनै दलसँग छैनन् । २५ सिट पाएको एमाले २ सिटले बहुमतबाट बञ्चित भएको छ । कांग्रेसले १४, माओवादी केन्द्रले १२ र राष्ट्रिय जनता पार्टीले २ सिट जितेका छन् । वाम गठबन्धन कायम रहेमा उनीहरुकै प्रदेश सरकार बन्ने निश्चित छ ।

 

मुख्य मन्त्री को ?
वाम गठवन्धनकै सरकार गठन भएमा प्रदेशको मुख्यमन्त्री एमाले वा माओवादी कसलाई दिने भन्ने टुंगोमा वाम गठवन्धन पुगेको छैनन् ।

 

यद्यपी प्रदेश नम्वर ७ मा नेकपा माओवादी केन्द्रले मुख्य मन्त्री पाउने चर्चा छ । सबैभन्दा बढी सिट जितेको नेकपा एमालेले प्रदेश सरकार गठनका लागि छलफल सुरु गरेको छ ।

 

माओवादी केन्द्रले मुख्यमन्त्री पाउने सम्भावना रहेकोले गठबन्धनकै निर्णयको आधारमा अघि वढ्ने माओवादी केन्द्रको तयारी छ । माओवादीले मुख्य मन्त्री पाए कैलालीका नेता वीरमान चौधरीको प्रवल सम्भावना देखिएको माओवादी श्रोतको दाबी छ । माओवादीकै नेता झपट बोहराको पनि सम्भावना टरेको छैन ।

 

एमालेले मुख्य मन्त्री पाए सबैभन्दा बढी चर्चामा आएका कर्ण थापाको सम्भावना सकिएको छ । सामानुपातिकतर्फबाट महिलाको सङख्या नपुगेपछि थापा प्रदेशसभा सांसद समेत हुनु पाउनुभएन ।

 

एमालेकोतर्फबाट नेकपा एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारी, कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ लगायतको चर्चा छ ।उज्यालो अनलाइन




तपाईको प्रतिक्रिया दिनुहोस